Lite Nepal

शुक्रबार, कार्तिक १३, २०८३

विराटनगर । सुनसरीमा भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको लत्ताकपडा र मोटरसाइकल प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुहानबाट प्रहरीले भन्सार छली गरेर ल्याउँदै गरिएको लत्ताकपडा र मोटरसाइकल बरामद गरेको हो।

कात्तिक १३ गते राति १२ः४५ बजे इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३२ प ५१३९ नम्बरको मोटरसाइकलमा लत्ताकपडा ल्याउँदै गरेको फेला पारेको थियो।

प्रहरी टोलीलाई देखेपछि मोटरसाइकल चालकले मोटरसाइकल र लत्ताकपडा छाडेर फरार भएका थिए। प्रहरीले अन्दाजी ५ लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय देवानगञ्जमा राखेको जनाएको छ।  फरार चालकको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं