Lite Nepal

बुधबार, कार्तिक १८, २०८३

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन्। उनी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०को भारत भ्रमणका सम्भावित एजेन्डा तय गर्नसमेत मिश्रीको नेपाल भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव राईले भारतीय विदेश सचिव मिश्रीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। वार्तामा नेपाल–भारतबीचको लामो समयदेखिको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनेछ।

त्यसैगरी, दुई देशबीचको सम्बन्धका विविध आयामको समीक्षा गर्दै आपसी हित र चासोका विषयमा विचार आदानप्रदान गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीले नेपालका उच्चपदस्थ विशिष्ट व्यक्तिहरूसँग शिष्टाचार भेटवार्तासमेत गर्ने कार्यक्रम छ। दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी मिश्री कात्तिक १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं