Lite Nepal

आइतबार, कार्तिक २९, २०८३

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति तय गर्ने विषयमा छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बोलाएको छ । आयोगले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका राजनीतिक दलहरूलाई आगामी मंसिर ४ गते छलफलका लागि आमन्त्रण गरेको निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेले जानकारी दिएका छन् ।

प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  रहेका छन् । त्यस्तै, प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त नगरे पनि जनता समाजवादी पार्टी (जसपा)  नेपाल र राष्ट्रिय जनमोर्चा पनि राष्ट्रिय दलका रूपमा रहेका छन् ।

स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा सकिँदैछ । कार्यकाल सकिन लागेसँगै स्थानीय तहको आगामी निर्वाचनको तयारी र मिति निर्धारणबारे आयोगले राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हो ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं