Lite Nepal

आइतबार, आश्विन १८, २०७७

काठमाडौँ । मोरङको दुई फरक स्थानमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने ५ जना घाईते भएका छन् ।

घाईते मध्ये तीन जनाको अवस्था गम्भिर भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कोशी राजमार्ग अन्तर्गत बूढीगंगा गाउँपालिका १ टंकीसिनवारीमा लु ६१ प २५०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ४२ वर्षीय कमलप्रसाद तावाहाङको मृत्यु भएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका तावाहाङको उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार राति साढे ९ बजेतिर बजेतिर भएको दुर्घटनामा परेर घाइते भएका तावाहाङको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा आइतबार बिहान १ बजेतिर मृत्यु भएको मोरङ ट्राफिक प्रमुख, प्रहरी निरीक्षक राकेशकुमार पोदारले बताए ।

मोटरसाइकल चालक सप्तरी रुपनीका २५ वर्षीय आजबुल मियाँ फरार छन् ।

मोरङकै बेलबारी नगरपालिका–१० भाउन्नेमा यात्रुबहाक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ ।

पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ५०७९ नम्बरको बस आफै अनियन्त्रित भएर सडकमा पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोरङ पथरीशनिश्चरे नगरपालिका–२ का २४ वर्षीय रमेश न्यौपाने, २२ वर्षीया सुमी न्यौपाने, झापा बिर्तामोड–४ का ३५ वर्षीय विनेश खड्का, सुनसरी कुसाहाकी ४२ वर्षीया ललिमाया खातुन र झापा दमककी ४५ वर्षीया आस्मामाया घाइते भएका छन् ।

घाइतेमध्ये रमेश, सुमी र विनेशको अवस्था गम्भीर । उनीहरुको न्यूरो अस्पताल विरानगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं