Lite Nepal

आइतबार, आश्विन १८, २०७७

विराटनगर । विराटनगरमा कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु भएको छ ।

आइतबार विहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक पुरुष विराटनगर महानगरपालिका– ९ का बासिन्दा हुन ।

कोरोना संक्रमण देखिएपछि विराट मेडिकल कलेजमा उपचाररत उनको अवस्था गम्भिर भएपछि थप उपचारका लागि शनिबार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा रेफर गरेको थियो ।

उपचारका क्रममा आइतबार बिहान साढे ८ बजे मृत्यु भएको कोभिड १९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए ।

उनका अनुसार मधुमेहका विरामी मृतक पुरुषमा शुक्रबार कोरोना पोजेटिभ देखिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं