काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद दुई प्रदेशका सात जिल्लामा आयोजना गरिने भएको छ ।
बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता कर्णालीका पाँच र लुम्बिनी प्रदेशका दुई गरी सात जिल्लामा आयोजना गरिने जनाएको हो ।

प्रतियोगिता आगामी मंसिर १६ देखि हुनेछ ।

राखेपका अनुसार कार्यक्रम सुर्खेत, बाँके (नेपालगञ्ज), बर्दिया, दैलेख, कालीकोट, सल्यान र रुकुम पश्चिममा हुनेछ ।
प्रतियोगितामा ३२ खेल समावेश छन् । यीमध्ये सुर्खेतमा २३ खेल सञ्चालन हुनेछ । नेपालगञ्ज, बर्दिया र सल्यानमा दुई–दुई खेल तथा दैलेख, कालीकोट र रुकुम पश्चिममा एक–एक खेल सञ्चालन गरिनेछ ।
प्रतियोगितामा साटवटै प्रदेशसँगै विभागीय टिम र एनआरएन गरी ११ टोलीले प्रतिस्पर्धा गर्नेछन् । आयोजकका अनुसार, मुख्य प्रतियोगिता मंसिर १६ गते सुरु हुने भए पनि १० खेल उद्घाटन अगाडि हुनेछन् ।