विराटनगर । आज बिहीवार शेयर बजार सामान्य बढेर बन्द भएको छ । नेप्से परिसूचक ३ दशमलव ६२ अंकले बढेर २,६२८ को विन्दुमा कायम भएको छ । आज १३८ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ ।
दिनभरिमा ३४७ कम्पनीको ९४ लाख ३७ हजार ८४२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । यस बैंकको १६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको हो । यस्तै पिपुल्स हाइड्रोपावरको १५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको १२ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका हुन् । यस्तै बोटलर्स नेपाल तराईका लगानीकर्ताले ५ दशमलव ६३ प्रतिशतका दरले कमाएका छन् भने गार्डियन माइक्रो लाइफका लगानीकर्ताले ४ दशमलव ८१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ४५ प्रतिशतका दरले गुमाएका हुन् ।