Lite Nepal

सोमबार, आश्विन १९, २०७७

विराटनगर । प्रदेश १ मा सोमबार १ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् ।

सुनसरीमा १०५, मोरङमा ५२, झापामा २, धनकुटा, ते¥हथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इहटरीमा ५७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २२ महिला र ३५ पुरुष छन् ।

सुनसरीकै धरानमा २६ महिला र १५ पुरुष, कोशी गाउँपालिकामा १ महिला १ पुरुष, दुहवी र बराहक्षेत्रमा १–१ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरमा २२ महिला १५ पुरुष, मिक्लाजुङमा २ महिला ३ पुरुष, बुढीगंगामा ४ पुरुष, जहदामा २, कटहरी, केराबारी, सुनबर्षी र बेलबारीमा १–१ जना, झापाको दमक र स्थानीय तह नखुलेका १–१ महिला, ताप्लेजुङको फक्ताङलुङमा १ पुरुष, धनकुटामा १ महिला , ते¥हथुमको म्याङलुङका १ पुरुष र प्रदेश १ बाहिरका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्याको ७ हजार ७७५ पुगेको छ । प्रदेश १ मा आज ५९२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ७६ महिला र ८८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हालसम्म १ लाख २८ हजार १४८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं