Lite Nepal

मंगलबार, आश्विन २०, २०७७

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बुधबार एकै दिन प्रदेश १ का दुई जिल्लामा बोर्डर आउट पोस्ट (बिओपी)को उद्घाटन गर्ने भएका छन् ।

मन्त्री भट्टराईले एकै दिन हिमाली जिल्ला ताप्लेजुङ र संखुवासभामा बुधबार बिओपीको औपचारीक उद्घाटन गर्न लागेका हुन् ।

ताप्लेजुङको उत्तरी सीमावर्ती क्षेत्र मौवाटारमा र यसअघि नै बिओपी स्थापना भइसकेको संखुवासभाको किमाथाङ्मा बिओपीको भवन मन्त्रीले शिलान्यास गर्ने तयारी रहेको छ ।

मन्त्री भट्टराई सहितको टोली हवाई मार्ग मार्फत बुधबार बिहान साढे ७ बजे ताप्लेजुङको सुकेटार विमानस्थल पुग्ने र बिहान ८ बजे सुकेटारबाट ओलाङ्चुङगोलातर्फ प्रस्थान गर्ने कार्यसूची तय भएको मन्त्रीको सचिवालयले जनाएको छ । उक्त टोलिमा गृह सचिव र दुई सुरक्षा निकायका प्रमुख पनि सहभागी रहनेछन् ।

मन्त्री भट्टराइका साथ गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, सशस्त्र प्रहरी अतरिक्त महानिरीक्षक रामशरण पौडेल, सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याल, गृह मन्त्रालयका उपसचिव भूपेन्द्र सापकोटा, सशस्त्र प्रहरी नायव उपरीक्षक अर्जुन पौडेल, गृह सचिवका निजी सुरक्षा अधिकृत प्रहरी निरीक्षक महेश केसी र सशस्त्र प्रहरीका फोटो ग्राफर रमेश श्रेष्ठ आउने छन् ।

ताप्लेजुङको मौवाटारमा स्थापना हुने बिओपीका लागि त्यहाँ भौतिक संरचना नबने सम्म अहिले भने ओलाङ्चुङगोलामै बिओपी टोली रहने बताइएको छ । त्यस स्थानमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा तत्काललाई २१ देखि ३५ जनासम्मको बिओपी टोली रहनेछ ।

ताप्लेजुङको कार्यक्रम सक्नासाथ संखुवासभाको किमाथाङ्कामा बिओपी भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं