Lite Nepal

बुधबार, आश्विन २१, २०७७

ताप्लेजुङ । ताप्लेजुङको उत्तरी फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ मौवाटारमा स्थापना हुने बोर्डर आउट पोष्ट (बीओपी)को बुधवार ओलाङ्चुङगोलामा उद्घाटन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययमन्त्री योगेशकुमार भट्टराईले बीओपी केन्द्रको बुधवार उद्घाटन गरेका हुन् ।

ओलाङ्चुङगोलालाई अस्थायी मुकाम बनाएर बिओपीको उद्घाटन गरिएको मन्त्रीको सचिवालयले जनाएको छ । मौवाटारमा रहने बीओपी केन्द्र अब त्यहाँ भवन सहितको संरचना बनेपछि मात्र गोलाबाट स्थानान्तरण हुने छ ।

मौवाटारमा अहिले भवनसहितको संरचना नभएकोले भवन नबनुञ्जेल सम्मका लागि ओलाङ्चुङगोलामै बिओपी टोली रहने र मौवाटारमा भवन बनेपछि गोलाबाट त्यहाँ स्थानान्तरण हुने सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिए ।

बिओपी स्थापनाले अन्तरदेशिय सीमा सुरक्षा व्यवस्थापन, शान्ति सुरक्षा र अवाञ्चित गतिविधि नियन्त्रणमा टेवा पुग्ने मन्त्री भट्टराईको विश्वास छ ।

ओलाङ्चुङगोलाको बिओपी उद्घाटन कार्यक्रम सकेर मन्त्री भट्टराइ सहितको टोली संखुवासभाको तुम्लिङटारतर्फ प्रस्थान गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं