Lite Nepal

शुक्रबार, आश्विन २३, २०७७

इलाम । माङसेबुङ गाउँपालिका–६ की ५८ वर्षीया चन्द्राकुमारी राई र उनका माइला छोरा अम्बिका भनिने पूर्णकुमार राई वैशाख १० गते जलेर घाइते भए ।

त्यही साँझ दुवै जनालाई उपचार गर्न झापाको दमक झारियो । त्यहाँ उपचार नभएपछि विराटनगर पु¥याइयो । तर, शरीर जलेका कारण चन्द्राकुमारीका दुवै मिर्गौलाले काम नगरेको भन्दै अस्पतालले फर्कायो । त्यसको केही दिनमा अम्बिका घाइते अवस्थामै फर्किए । एक स्थानीयका अनुसार आफूलाई पैसा नदिएको झोंकमा अम्बिकाले आमालाई पेट्रोल छर्केर जलाएका हुन् ।

तत्काल घटना थाहा पाएर कान्छी छोरीज्वाइँले आमाको उद्धार गरेका थिए । ‘नत्र घरै खरानी हुने रहेछ’, ती स्थानीयले भने । तर, चन्द्राकुमारी बाँचिनन्, वैशाख २२ मा उनको मृत्यु भयो । उक्त घटनाको जाहेरी नपरेको भनेर प्रहरी अनुसन्धानबाट पछि हटेको पाइएको छ । घटनाको अनुसन्धान गर्न इलाका प्रहरी मंगलबारेका तत्कालीन प्रहरी निरीक्षक राजकिशोर यादव खटिए ।

आरोपित व्यक्ति घाइते अवस्थामा रहेको भन्दै उनी दुई वर्षसम्म म्याद नजानेर फर्किएको स्थानीय सुनाउँछन् । ‘तर, अम्बिका साउनमै निको भएर पनि खुलेआम डुलघुम गरिरहेका छन्’, एक स्थानीयले भने, ‘कसैले वास्तै गरेका छैनन् ।’ इलामबाट सरुवा भइसकेका प्रहरी निरीक्षक यादवले घटनाबारे उजुरी नआएकाले मुद्दा अघि बढ्न नसकेको बताए ।

‘हामी पुग्दा आमाछोरा नै जलेका थिए । दुवै जनाको बाँच्ने अवस्था दिएन’, उनले अन्नपूर्णसँग भने । स्थानीयले पनि ‘भवितव्य’ भनेर सर्जमिन मुचुल्का गरेको उनले सुनाए । जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी लालध्वज सुवेदीले किटानी उजुरीका लागि परिवारलाई भनेको जानकारी दिए । ‘स्थानीयको सहयोगबिना केसलाई स्थापीत गर्न सकिँदैन’, डीएसपी सुवेदीले भने । उनले दुई वर्षसम्म कारबाहीको प्रक्रिया बन्द नहुने बताए ।

वडाध्यक्ष प्रदीप साङपाङले आरोपितलाई पक्राउ गर्न प्रहरीलाई अनुरोध गरिएको जानकारी दिए । ‘परिवार र स्थानीयले किटानी जाहेरी नदिएसम्म पक्राउ गर्न नमिल्ने प्रहरीको भनाइ छ’, वडाध्यक्ष साङपाङले भने । आरोपित भने निको भएर गाउँघरमा डुलघुम गरिरहेको खबर स्थानीयले दिएको उनको भनाइ छ ।

चन्द्राकुमारी गम्भीर अवस्थामा रहेकै बेला उनका जेठा खगेन्द्र किटानी जाहेरी दिन जिल्ला प्रहरी कार्यालय इलाम हिँडेका थिए । आमाको मृत्यु भएपछि उनी जाहेरी नदिई फर्किएको वडाध्यक्ष साङपाङले बताए । त्यसपछि जाहेरी दिन भने पनि उनले ‘भाइलाई सोध्नुपर्छ’ भनेर आलटाल गरिरहेको स्थानीयको भनाइ छ ।

स्थानीय प्रहरीलाई घटनाको जानकारी दिँदा पनि ‘जिल्लाको आदेश’ चाहिने भन्दै पन्छिने गरेको स्थानीयको भनाइ छ । एक स्थानीयका अनुसार घाइते अवस्थामा उपचार गर्न जाँदा दमकमा प्रहरीले उनीहरूलाई भेटेको थियो ।

लकडाउनका बेला कुनै पनि निकायको सिफारिसबिना गाडी चढेको भेटिएपछि स्थानीय प्रहरीले जिल्ला प्रहरी कार्यालय इलाममा खबर गरेको थियो । जिल्ला प्रहरीले खटाएपछि स्थानीय चौकीका प्रहरी र स्थानीय जनप्रतिनिधि पुगी घटनाको प्रारम्भिक अनुसन्धान गरिएको थियो । त्यही बेला चन्द्राकुमारीलाई उद्धार गर्नेले घटना विवरण खुलस्त बताएको स्थानीय सुनाउँछन् । अन्नपूर्णमा खबर छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं