Lite Nepal

बुधबार, कार्तिक १९, २०७७

विराटनगर । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणे आज नेपाल भ्रमणमा आउँदैछन् । नेपाली सेनाको निमन्त्रणामा बुधबार बिहान साढे ११ बजे नेपाल आईपुग्ने नरावणे शुक्रबार स्वदेश फर्कने छन् ।

नरावणे तीन दिनसम्म नेपाल रहँदा बिहीबार नेपाली सेनाको मानार्थ सेनाध्यक्षको पदवी ग्रहण गर्नेछन् । उनलाई राष्ट्रपति विद्या भण्डारीले मानार्थ सेनाध्यक्षबाट सम्मान गर्नेछिन् । नरावणेले भने बुधबारबाट हुने आफ्नो नेपाल भ्रमणले दुई देशको सेनाबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार उनले प्रधानमन्त्री केपी ओलीसँग भेट गर्न पाउन लाग्दा निकै खुशी लागेको प्रतिक्रिया दिएका छन् । नरावणेको नेपाल भ्रमणलाई लक्षित गर्दै सुरक्षा तैनाथी बढाएको छ ।

नेपाल र भारतका सेना प्रमुखबीच मानार्थ महारथीको सम्मान गर्ने परम्परा सन् १९५० पछि जारी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं