Lite Nepal

सोमबार, भाद्र २२, २०८३

काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका क्रममा विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सुरुङभित्र १२१ जना पसेको तथ्य देखिएको बताएका हुन्।

‘१२१ जनामात्रै टनेलभित्र पसेको तथ्य देखिन्छ,’ उनले भने, ‘जबसम्म सबै टनेल ब्रेकथ्रु हुँदैन, त्यसबेलासम्म हामी खोजी तथा उद्धारको काम जारी राखिरहन्छौं।’

उनले जलविद्युत् आयोजनामा कार्यरत अन्य व्यक्तिहरू बाहिरी क्षेत्रमा परेको हुन सक्ने पनि अनुमान गरिएको बताए।

सहायक रथी थापाका अनुसार जलविद्युत् आयोजनाका सुरुङमा भएको क्षतिको आकलन गर्दा बाढी र लेदो करिब १८० किलोमिटर प्रतिघण्टाको गतिमा खसेको अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं