Lite Nepal

बिहिबार, कार्तिक २०, २०७७

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय ९५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनमा ५ सय ६३, बेलबारी आईसोलेसन केन्द्रबाट १३, इलाम अस्पतालबाट ५, जिल्ला अस्पताल संखुवासभामा ४, विराट मेडिकल कलेज, बैजनाथपुर आईसोलेसन, वि.जेनरल अस्पताल हरिनगर र धाईजन आईसोलेसन केन्द्र र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २–२ जना डिस्चार्ज भएका हुन ।

यो सँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १२ हजार ६ सय ९५ पुगेको छ । प्रदेश १ मा विहीबार ४ सय १ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ३४, झापामा १ सय १८, सुनसरीमा १ सय २, उदयपुरमा १५, धनकुटामा ११, इलाममा ३, संखुवासभामा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६२, उर्लाबारीमा १६, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा ९, बेलबारीमा ८, रतुवामाईमा ६, रंगेलीमा ५, लेटाङ र केराबारीमा ३–३, कटहरीमा २, बुढीगंगा, धनपाल, मिक्लाजुङ, ग्रामथान र सुनबर्षीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको दमकमा ४८, विर्तामोडमा २९, कमल गाउँपालिकामा ९, गौरादहमा ७, बुद्धशान्ति, अर्जुनधारा र हल्दिबारीमा ५–५, शिवसताक्षी र भद्रपुरमा ३–३, कनकाई र मेचीनगरमा २–२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ४८, इटहरीमा २९, बराहक्षेत्र र इनरुवामा ६–६, रामधुनी र बर्जुमा ५–५, दुहवीमा २ र भोक्राहानरसिंहमा १, उदयपुरको त्रियुगामा १४, उदयपुरगढीमा १, धनकुटाको धनकुटा नगरपालिकामा १० र साँधुरीगढीमा १, इलामको चुलाचुलीमा २ र देउमाईमा १,संखुवासभाको धर्मदेवी र मादीमा १–१, ते¥हथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार ८ सय २ पुगेको छ ।

प्रदेश १ मा विहीबार १ हजार ४ सय ६३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ५९ महिला र २ सय ४२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६६ हजार १ सय ३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं