Lite Nepal

शुक्रबार, कार्तिक २१, २०७७

विराटनगर । यातायात व्यावसायीले आइतबारबाट अनिश्चितकालिन यातायात बन्दको घोषणा गरेका छन् । प्रदेश सरकारले राहत नदिएको विरोधमा व्यावसायीले आइतबारबाट अनिश्चितकालिन यातायात बन्दको घोषणा गरेका हुन ।

सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, प्रदेश १ ले सरकारले आफ्ना माग सम्बोधनका लागि पटक पटक आग्रह गरेपनि अटेर गरेका कारण बन्द गर्ने निर्णय भएको महासचिव रमेश खत्रीले जानकारी दिए ।

लकडाउन अवधीको सवारी करमा पूर्ण छुट दिनुपर्ने, बैंकको व्याजमा सहुलियित दिनुपर्ने, कात्तिक मसान्तपछि सवारी करमा बिलम्ब शुल्क लाग्ने निर्णय खारेज गर्नुपर्ने लगायत नौं बुदे माग सम्बोधन नभएपछि यातायत बन्द गर्न लागिएको उनले बताए । २३ गते आइतबारबाट बस, टेम्पो, सिटी सफारी ढुकानीका साधनलगायत सबै बन्द हुने उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं