Lite Nepal

शुक्रबार, कार्तिक २१, २०७७

विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–३ दूधफारम नजिक भारतीय नम्बरको लहरीले अटो टेम्पोलाई ठक्कर दिँदा एक जनाको मृत्यू भएको छ । दुई जना घाईते भएका छन् ।

मृत्यू हुनेमा विराटनगर ३ की २३ वर्षिय पुजा भट्टराई रहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । अन्य घाईते हुनेमा मृतककी आफन्त उदयपुर बेलटारकी २५ वर्षिय विद्या कटुवाल र टेम्पो चालक विराटनगर महानगरपालिका–१३ का वीरबहादुर श्रेष्ठ रहेका छन् ।

शुक्रबार दिउँसो सुनसरीको दुहवीतिरबाट आउँदै गरेको एनएल ०२–एन ४४८७ नम्बरको भारतीय लहरीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ ह २८१२ नम्बरको अटो टेम्पोलाई दूधफारम नजिकै ठक्कर दिँदा दुर्घटना भएको एसपी खड्काले बताए ।

दुर्घटनामा घाईतेको अवस्था गम्भिर रहेको छ । प्रहरीले तीव्र गतिमा रहेको लहरीले नियन्त्रण गुमाउँदा दुर्घटना भएको जनाएको छ । दुर्घटनाबाट टेम्पोमा पूर्ण रुपमा क्षति पुगेको छ भने लहरी सडकबाट पल्टिएर खेतमा पुगेको छ ।

प्रहरीले लहरीका चालक भारत मजफपुरका २४ वर्षीय देवेन्द्र सहनी र सह–चालक २९ वर्षीय मिथुन कुमारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं