Lite Nepal

बुधबार, मंसिर १०, २०७७

बर्दिबास । प्रहरीको गोली लागेर घाइते भएका महोत्तरीको बर्दिबासका बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ। संजय उपनामले चिनिने उनको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको मृतकका भतिज सौगात न्यौपाने जानकारी दिए।

तर प्रहरीले भने उनको मृत्युलाई पुष्टि गरेको छैन। इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चपागाईंले उनको मृत्युको कुरा पुष्टि हुन बाँकी रहेको बताए। महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले अन्नपूर्णसँग भने, ‘उनको मृत्युको मैले पनि सुनेको छु। थप खुल्न बाँकी छ।’

६ वर्षीया बालिका गुलाब साह खातुनको निर्मम हत्या गर्ने दोषीलाई कडा कारवाहीको माग गर्दै भएको आन्दोलनमा भीड नियन्त्रण गर्न मंगलबार प्रहरीले गोली चलाएको थियो। तीघ्रामा गोली लागेका न्यौपाने सख्त घाइते भएका थिए।

उनको बर्दिबासस्थित पिनाकल हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको थियो। उपचारका क्रममा राति १ बजे उनको मृत्यु भएको भतिज सौगातले जानकारी दिएका हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं