Lite Nepal

मंगलबार, साउन २०, २०७७

काठमाडौं । चर्चित गायक प्रकाश सपुतको बलात्कृत चेलीको बेदना र विद्रोह झल्काउने लोकगीत ‘बदला बरीलै’ सार्वजनिक भएको दुई दिनमै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ ।

सपुतको उक्त गीत यो समाचार तयार पार्दासम्म ११ लाख ५५ हजार नाघेको छ । गीतको भिडियो अहिले युट्युबमा सर्वाधिक हेरिएकामध्ये नम्बर एकमा छ । गीतमा लोक गायक सपुतको शब्द/सङ्गीत र लोक गायिका देवी घर्तीको स्वर छ ।

भिडियो निर्देशन पनि सपुतले गरेका हुन् भने भिडियोमा नायिका केकी अधिकारी र धुब्र कोइरालाको मुख्य अभिनय छ । गीतले बलात्कार जस्तो जघन्य अपराधको शिकार बन्न विवश महिलाको कथालाई लोक लयात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ ।

बलात्कृत हुँदाको महिलाको पीडा र विवशताबाट शुरु भएको गीतको कथा बदलामा गएर टुङ्गिन्छ । अपराध कर्म गर्ने जो कोही एक न एक दिन सजायको भागीदार हुनै पर्ने प्रतिकात्मक सन्देश गीतले दिएको छ ।

बलात्कारपछि मृत्युवरण गरेकी महिला प्रेतको रुपमा प्रकट भई अपराधी पुरुषको हत्या गरी बदला लिएको दृश्य भिडियोमा देख्न पाइन्छ । शक्ति, पहुँच र पैसाका आडमा बलात्कारका दोषी उम्कने प्रवृत्तिमाथि पनि गीतले तीखो व्यङ्ग्य गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं