Lite Nepal

बुधबार, साउन २१, २०७७

एजेन्सी – बलिउडमा ‘नेपोटिज्म’को बहस चर्किएपछि नायिका करिना कपुरले आफ्नो २१ बर्ष लामो चलचित्र नगरीको करिअर परिवारवादका कारण मात्र संभव नभएको बताएकी छिन् ।

बलिउडमा २१ बर्ष लामो यात्रा गरिसकेकी करिनाले भारतीय मिडियासँग कुरा गर्दै दर्शकले स्किार नगरेको भए आफ्नो २१ वर्षे लामो यात्रा संभव नभएको बताइन् ।

उनले आफ्नो २१ बर्षको यात्रा परिवारवादका कारण मात्र संभव नभएको बताउँदै भनिन्, ‘बलिउड पृष्ठभूमीबाट यो क्षेत्रमा आएपनि मैले निकै संघर्ष गरेको छु, बलिउडमा सुपरस्टारहरुका छोराछोरीहरु परिवारवादका कारण मात्र हिट भएका छैनन् ।’

करिनाले दर्शकले नै आफूहरुलाई बनाउने भन्दै अरु कसैबाट पनि यो संभव नभएको तर्क गरिन् । नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि बलिउडमा ‘नेपोटिज्म’को बहस चर्को भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं