Lite Nepal

सोमबार, जेठ १७, २०७८

पाँचथर । पाँचथरमा कोरोनाका दोस्रो लहरमा पाँचजना पुरुषले ज्यान गुमाएका छन् ।

एक जनप्रतिनिधि, एक पत्रकार र तीनजना सर्वसाधारणसहित पाँचजनाले कोरोनाका कारण ज्यान गुमाएका हुन् ।

सुरुमाफालेलुङ गाँउपालिका २ का ६० वर्षीय पुरुषको निधन भएको थियो । उनको पाँचथर अस्पतालमा उपचार गर्ने क्रममा निधन भएको हो । स्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल ल्याइएको थियो ।

फिदिममा होटल व्यवसाय गर्दै आएका कुम्मायक गाँउपालिकाका ४५ वर्षीय पुरुषले पनि कोरोनाका कारण ज्यान गुमाए ।

उनको स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारका लागि झापा लैजाने क्रममा बाटोमै ज्यान गएको थियो ।

हिलिहाङ गाँउपालिका ४ का वडाध्यक्षश्री सिगुको पनि कोरोनाकै कारण निधन भएको छ । झापाको बीएण्ड सी अस्पतालमा उपचारका क्रममा सिगुको निधन भएको थियो ।

सिगुलाई लामो समयसम्म भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि अस्पतालमै उनको निधन भएको हिलिहाङ गाँउपालिकाका अध्यक्ष भवानी लिङदेनले जानकारी दिए ।

कोरोनाकै कारण शुक्रबार नेपालपत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको ज्यान गयो । झापाको बिर्तासीटी अस्पतालमा उपचार गराएका भण्डारीको स्वास्थ्यमा सुधार नभएपछि निधन भएको हो ।

लामो समयसम्म उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । भण्डारीको शुक्रबार निधन भएको महासंघ पाँचथरले जनाएको छ ।

आइतबार फाल्गुनन्दगाँउपालिका ३ राँकेका ६४ वर्षीय एक पुरुषले पनि कोरोनाकै कारण ज्यान गुमाएका छन् । सामान्य रुघाखोकी र ज्वरो आएपछि उनी घरमै बसेका थिए । मृत्युपछि एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा