Lite Nepal

मंगलबार, जेठ १८, २०७८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चारनेतालाई पार्टीबाट निस्कासन गरेको छ । बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेको हो।

पार्टी हित विपरित काम गरेको भन्दै जसपाले चार नेतालाई पार्टी सदस्यबाट निस्कासन गरेको जानकारी निर्वाचन आयोगलाई समेत दिइसकेको छ।जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले केपी ओली नेतृत्वको सरकारमा जाने तयारीमा छ।

अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णसहितका नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न सोमबार बिहान बालुवाटार पुगेका थिए । ८ मन्त्री र दुई राज्यमन्त्रीसहित जसपाको ठाकुरपक्ष एक दुई दिनमै सरकारमा सहभागी हुने जनाएको छ।

जसपाले अघि सारेका माग सम्बोधन भएकाले ओली सरकारमा सहभागी हुने निर्णय लिएको जनाएको छ। जसपाको संसदीय दलमा ठाकुर-महतो पक्षको बहुमत छ। उनीहरुको पक्षमा २० सांसद छन्।

महन्थ ठाकुरपक्षको राजपा प्रधानमन्त्रीमा ओलीलाई नै सहयोग गरेर जानुपर्ने अडानमा छ भने बाबुराम भट्टराई र उपेन्द्र यादव भने विकल्प खोज्नुपर्ने र देउवालाई सहयोग गर्नुपर्ने पक्षमा छन्। ठाकुर-महतो पक्षले प्रधानमन्त्री ओलीलाई साथ दिने निर्णय गरेसँगै जसपमा विवाद बढेको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा