Lite Nepal

बिहिबार, साउन २२, २०७७

काठमाडौं । “के माया लाग्छ र” टिमले अर्को प्रतिक्षित प्रस्तुति म्युजिकल फिल्म “तिनपाते” सार्वजनिक गरेको छ । आर्टमाण्डु मिडिया विगतका दिनहरु देखि नै मौलिक नेपाली परिवेश, चाहना अनि जनजीवनका साथ आधूनिक नेपालका शालिन अनि सभ्य परिवेशका सञ्चार र मनोरञ्जन सामाग्री उत्पादनका लागि उन्मुख उत्पादन केन्द्र हो ।

पछिल्लो समयमा नेपाली जनजिब्रोमा चर्चित अनि लोकप्रीय गीत (के माया लाग्छ र) आर्टमाण्डुकै अथक प्रयास, जाँगर अनि नवप्रवर्तनको उपज हो, यस गीतले यूट्यूवमा ९० लाख हाराहारीमा भ्यू पाइसकेको छ ।

नेपाली गीत अनि म्यूजीक भिडियोको संस्करणहरुमा पछिल्लो समयमा गीतका भिडियोहरुमा श्रृजना अनि मौलिकताको बिजारोपणलाई प्राथमिक्ता दिँदै आर्टमाण्डुले गीतलाई ग्रामिण परिवेशमा ढाल्दै कथासंग जोडेर भिडियोलाई एउटा सकल चलचित्रको स्वरुपमा उतार्ने प्रयत्नहरु गर्दैआएको छ, चाहे त्यो बहचर्चित बटौली होस्, या के माया लाग्छ र आर्टमाण्डुका अन्य प्रयत्नहरु किन नहोस् ?

यसपटक आर्टमाण्डुका नवीन चौहानले निर्देशन गरेको तिनपाते वोलको गीत लिएर दर्शकश्रोता सामु आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं