Lite Nepal

सोमबार, कार्तिक १५, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण भएको छ । ५५३ जनाको पीसीआर परीक्षण गर्दा ७८ र ४५४ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३२, मोरङमा २९, सुनसरीमा ११, इलाममा २, पाँचथर, धनकुटा, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको अर्जुनधारामा ९, विर्तामोडमा ७, कनकाईमा ६, दमकमा ४, बुद्धशान्तिमा ३, मेचीनगर, भद्रपुर, शिवसताक्षीमा १–१, मोरङको विराटनगरमा २३, उर्लाबारीमा ४, सुन्दरहरैचा र बेलबारीमा १–१, सुनसरीको इटहरीमा ७, धरानमा २, बराहक्षेत्र र इनरुवामा १–१, इलामको रोङमा २, पाँचथरको फिदिम, धनकुटाको धनकुटा नगरपालिका, उदयपुरको उदयपुरगढी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २४ महिला र २९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं