Lite Nepal

आइतबार, जेठ ०१, २०७९

काठमाडौं (लाइट नेपाल) अहिले चर्चामा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका बालेन्द्र साह (बालेन) मात्रै छैनन्, म्यादी प्रहरीको ड्रेस लगाएर सागर, बसन्ते, किस्ने भन्ने मिदी पनि चर्चामा छन् । उनी हुन्, कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज रेग्मी ।

उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान ग¥यो र पक्राउ पनि ग¥यो । दाई म्यादी प्रहरी भएको र उनको पोशाक लगाएर भिडियो बनाएको रहस्य खुल्यो । उनलाई प्रहरीले नौं दिन थुनामा राखेर छाडेको छ । तर, उनको चर्चा सेलाएको छैन ।

थुनाबाट निस्कन साथ उनले एक साथीको साथमा अर्को भिडियो बनाए र भने ‘म जेलमा हुँदा सागर, बसन्ते र किस्ने तिमीहरू भेट्न आएनौं हैन, ठिक छ भेट त होला नी ।’ यो भिडियो सँगै धेरैको मनमा अर्को कुरा पनि उब्जियो त्यो कुरा हो सागर, बसन्ते र किस्ने आखिरमा को हुन् ? वास्तवमा ती तीनै जना व्यक्ति काल्पनिक नाम भएको खुलेको छ ।

तीनै भाइरल मिदी भाइले ती आफुले भिडियोको कन्टेन बाउने क्रममा नाम कल्पना गरेर भनेको बताएका छन् । सुनौं उनीसँग सञ्चारकर्मी दिपक बोहोराले गरेको छोटो कुराकानी ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं