Lite Nepal

बुधबार, चैत्र २१, २०८०
जगन्नाथ निरौला

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा जगन्नाथ निरौला सरुवा भएका छन् । यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणको कर्पोरेट निर्देशनालय प्रमुख रहेका निरौलालाई काठमाडौं विमानस्थल प्रमुखका रूपमा सरुवा गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

उनका अनुसार अहिले विमानस्थल प्रमुख रहेका प्रतापबाबु तिवारीको भने भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा सरुवा भएको छ । अहिले भैरहवा विमानस्थल प्रमुख हंसराज पाण्डेको भने प्राधिकरण मुख्यालय सरुवा भएको छ । उनलाई अहिले निरौलाले हेरिरहेको कर्पोरेट विभाग प्रमुखका रूपमा सरुवा गरिएको हो ।

‘१२औं तहको दरबन्दी रहेका स्थानमा नियमित सरुवाका क्रममा महानिर्देशक स्तरीय निर्णयबाट यो फेरबदल भएको हो,’ उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं