Lite Nepal

मंगलबार, बैशाख ११, २०८१

काठमाडौं – नेपाल सरकारका पूर्व सचिव हुन् भीम उपाध्यय । उनी आफूलाई सामाजिक अभियन्ता पनि भन्छन् । सामाजिक सञ्जालमा सामाजिक, राजनीतिक र समसामहिक कुरा लेखिरहने उनको पोस्टमा कमेन्ट र रियाक्ट पनि धेरै नै हुन्छ । तर, उनका अधिकांश पोस्ट्मा तथ्य सूचना हुँदै मिथ्या जानकारी दिइरहेका प्रसस्त उदाहरण भेटिन्छ । यसै मध्ये एक हो पछिल्लो दुईवटा फोटो हालेर लेखेको पोस्ट ।

उनले पहाडको कच्चि बाटोमा धुलो उडाउँदै हिँडेको गाडीको दुई वटा फोटो राख्दै लेखेका छन्, ‘इलामको हाईवे’ । तर, यो सडक इलामको नभई ताप्लेजुङको हो । उनको यो पोस्ट् इलाममा हुन लागेको निर्वाचनलाई लक्षित गरेर लेखेको बुझ्न सकिन्छ ।

तर, यसरी पोस्ट् गर्दा नेपाल सरकारका पूर्व सचिव समेत भइसकेका उनले सामान्य जानकारी पनि नलिएर मिथ्या भ्रम फैलाएको प्रष्ट हुन्छ । यो सडक ताप्लेजुङको फुङ्लिङ नगरपालिका क्षेत्रमा पर्छ । उक्त सडकलाई बहानन्दे–दोभान सडक खण्ड भनिन्छ । र, सो सडक निर्माणको काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं