Lite Nepal

बुधबार, साउन २८, २०७७

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नंं ५ गल्धाको पटकसरमा लु १ ज २८८७ नं जीप दुर्घटना हँुदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा र निस्दी गाउँपालिका ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद फाल र निस्दी गाउँपालिका ४ मित्याल काफलका विष्णु माया सारु कालुङको ३ महिने छोरा सिमोन कालुङ रहेका छन ।

३ महिने बालक कालुङको उपचारको लागी तानसेन ल्याउदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । जीप निस्दीको ज्यामिरेबाट गल्धा तर्फ आउदै गर्दा हिजो वेलुका दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते हुनेहरुमा निस्दी ५ गल्धाका पटकसरका ३८ वर्षीया सुमित्रा सारु , ३६ वर्षीया सेरमती सारु , २० वर्षीया लक्ष्मी सारु र ३७ वर्षीया शुसिला सारु, निस्दी ४ मित्याल झ्यालतुङका २५ वर्षीय सृजना गाहा र निस्दी ४ मित्याल , काफलका २२ वर्षीय विष्णु माया सारु रहेको प्रहरीले जनाएको छ ।

घाईते ५ जनाको तानसेनको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ भने सेरमती सारुको बुटवल चौराहा अस्पतालमा उपचार भईरहेको पाल्पा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं