Lite Nepal

मंगलबार, आषाढ १८, २०८१

काठमाडौं – नेपाल आइडल सिजन ५ का विजेता करण परियारको पहिलो गीत सार्वजनिक भएको छ।

उनको एकल स्वरमा मंगलबार सार्वजनिक ‘सुस्तरी’ बोलको गीतमा अभिनेता आकाश श्रेष्ठ र मोडल प्रिज्मा खतिवडाको अभिनय छ।

करणले रेकर्डिङका हिसावले गायक एवं संगीतकार न्य्हू बज्राचार्यको संगीतमा पहिलो गीत गाए पनि ‘सुस्तरी’ गीत पहिले सार्वजनिक भएको हो।

यो प्रेमगीतको भिडिओलाई निकेश खड्काले निर्देशन गरेका हुन्। प्रदीप चापागाईँको प्रस्तुति रहेको गीतमा उनकै शब्द छ।

सिडी विजय अधिकारीको संगीत रचना रहेको गीतलाई कुशल सिंहले एरेन्ज गरेका हुन्। भिडिओलाई बुद्द थापाले छायांकन, विकास धमलाले सम्पादन गरेका हुन्।

प्रदीप चापागाईँको युट्युबमा भिडिओ हेर्न सकिन्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं