Lite Nepal

आइतबार, आषाढ २३, २०८१

काठमाडौं– अभिनेता दयाहाङ राई र अभिनेतृ मिरुना मगरको मुख्य अभिनय रहेको फिल्म ‘घर घरज्वाइँ’ को दोस्रो गीत ’यानीमाया’ सार्वजनिक भएको छ । यस गीतमा फिल्मका मुख्य कलाकारलाई नै स्थान दिइएको छ ।

गीतमा हर्क साउदको शब्द रचना तथा मनोज थापा मगरको संगीत र स्वर रहेको छ । यही गीतको रिदममा सिनेमाको ब्याग्राउन्ड म्युजिक तयार गरिएको निर्देशकले अनिलब‌ूढा मगरले फिल्मको ट्रेलर रिलिज कार्यक्रममा बताएका थिए ।

‘घर घरज्वाइँ’बाटै मगरले फिल्म निर्देशनमा डेब्यू गरेका हुन् । उनैले यो कथा लेखेका हुन् भने पटकथा तथा संवाद लेखनमा उनलाई विनोद खतिवडा र सुभाष कोइराला सघाएका छन् ।

जीएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्म जनक घर्ती मगरले निर्माण गरेका हुन् ।पूर्वी रुकुम आसपासमा यसको छायांकन गरिएको छ । सिनेमामा दयाहाङ र मिरुना मगरसहित , बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

फिल्मको प्रदर्शन मिति असार २८ गते तोकिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं