Lite Nepal

बुधबार, साउन २८, २०७७

काठमाडौं। चर्चित टेलिभिजन शो कमेडी च्याम्पियनका विजेता हिमेश पन्तले कार पाएका छन्।

विजेता बनेको पाँच महिनापछि पूर्वघोषित पुरस्कारस्वरूप ‘डाट्सन रेडी गो’ कार पाएका हुन्।

आज एक कार्यक्रमकाबीच च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी र कान्तिपुर टिभीका प्रमुख दिनेश डिसीले कारको साँचो हस्तान्तरण गरेका हुन्।

कमेडी च्याम्पियनको दोस्रो सिजन पनि घोषणा भइसकेको छ। रियालिटी शो मा धेरै रूचाइएको कमेडी च्याम्पियनमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायक थिए।

फाइनलमा हिमेशले सुमन कोइराला, खड्गबहादुर पुनलाई पछि पार्दै उपाधि हात पारेका थिए। हिमेशले विजेता भएसँगै २५ लाख रूपैयाँको चेकसमेत पाएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं