Lite Nepal

आइतबार, माघ २०, २०८१

काठमाडौं । क्यानाडा र मेक्सिकोबाट आयात हुने वस्तुहरुमा अमेरिकाले २५ प्रतिशत कर लगाएको छ । चीनबाट आयात हुने सामानहरुमा भने अमेरिकाले १० प्रतिशत भन्सार शूल्क लगाउने भएको छ ।

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले क्यानाडा र मेक्सिकोबाट आयात हुने वस्तुमा २५ र चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउन आदेश दिनुभएको हो । क्यानडाका अन्य वस्तुमा २५ प्रतिशत कर लागे पनि त्यहाँबाट आयात हुने ऊर्जामा भने १० प्रतिशत मात्र भन्सार लगाइएको छ ।

आयात कर बढाएपछि क्यानडा र मेक्सिकोका अधिकारीहरुले अमेरिकालाई जवाफ फर्काउने चेतावनी दिएको रोयटर्सले जनाएको छ । ट्रम्पको आदेश अमेरिकी समयअनुसार मंगलबार बिहान १२ बजेपछि लागू हुनेछ ।

ट्रम्पले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन र राष्ट्रिय आपतकालीन ऐनअन्तर्गत राष्ट्रिय आपतकाल घोषणासमेत गर्नुभएको छ । जसले राष्ट्रपतिलाई संकटलाई सम्बोधन गर्न प्रतिबन्धहरू लगाउने अधिकार दिन्छ । राष्ट्रपति ट्रम्पको कदमले चीनसँग फेरि व्यापार युद्धको जोखिम बढेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं