Lite Nepal

शनिबार, फाल्गुण ०३, २०८१

काठमाडौं । लेबनानको बेरुतमा प्रदर्शनकारीको आक्रमणबाट नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते हुनुभएको छ । गए राति करिब १२ बजे बेरुत नजिक यूएनआईएफआईएल मिसनका डेप्युटी फोर्स कमान्डर (शान्ति सैनिक) उपरथी ढकाल सवार कन्भोयलाई प्रदर्शनकारीहरूले रोकी तोडफोड गर्दा उहाँ घाइते हुनुभएको हो ।

घटनालगत्तै उहाँलाई उद्धार गरी यूएन लेभल थ्री अस्पताल पुर्‍याइएको थियो । अस्पताललाई उद्धृत गर्दै उहाँ खतरामुक्त भएको नेपाली सेनाले जानकारी दिएको छ । ढकाल आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा हुनुहुन्थ्यो ।

संयुक्त राष्ट्रसंघले घटनाको अनुसन्धान गरी कारबाहीका लागि लेबनानी सरकारसँग माग समेत गरेको छ । लेबनानी प्रधानमन्त्री तथा लेबनिज आर्म्ड फोर्सले तत्काल अनुसन्धान गरी घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं