काठमाडौं । काठमाडौंको थापाथली क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुटेको छ । मंगलबार बिहानै खानेपानी वितरणको पाइप फुट्दा सो क्षेत्र जलमग्न भएको थियो ।
पाइप फुटेर थापाथली क्षेत्र जलमग्न भएपछि सो क्षेत्रको पानी वितरण बन्द गरिएको काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले जानकारी दिएको छ । यसअघि बबरमहलमा पनि मेलम्चीको पाइप फुट्दा सो क्षेत्र जलमग्न भएकव थियो ।
थापाथली चोकबाट नर्भिक हस्पिटल जाने सडकमा आज बिहान मेलम्चीको पाइप फुटेको हो । पाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किएको छ । सडकपेटीमा पनि क्षति पुगेको छ । सडकभरि हिलो र ढुंगाका गिट्टी छरिएका छन् ।