Lite Nepal

शनिबार, चैत्र ०२, २०८१

काठमाडाैं । तपाईलाई घुम्न मन पर्छ भने खुसीकाे कुरा छ । टाइम म्यागेजिनले भर्खरै २०२५ मा घुम्नका लागि विश्वका सय उत्कृष्ट ठाउँको सूची जारी गरेको छ । सूचीमा एल साल्भाडोरदेखि भारतको जयपुर र जिम्बाबेसम्म परेका छन् ।

यसमा क्रुजदेखि संग्राहलय र रेष्टुराँदेखि नेशनल पार्कसम्म सबै कुरा छन् । सूचीमा नेपालको तर्फबाट सामुदायिक होमष्टे नेटवर्क (सीएचएन) लाई पनि घुम्नै पर्ने ठाउँ बताइएको छ ।

कतै घुम्न जानुको पहिलो लोभ भनेको त्यहाँका मानिसहरूलाई चिन्नु वा थाहा पाउनु पनि हो । कसैको घरमा एक रात मात्रै बस्नु भनेको उनीहरूसँग जीवनभरका लागि मित्रता गाँस्नु पनि हो । त्यसपछि गाउँको शान्त र हरियाली परिवेश, फाँट अनि डाडाँकाडाँ एकपटक कल्पना गर्नु त मनैलाई शान्त हुन्छ ।

सीएचएन रोयल माउन्टेनको भगिनी कम्पनी हो । २०१२ मा पनौतीमा होमस्टे खोलेयता यसले १८ समुदायमा २०० भन्दा धेरै होमस्टे चलाइरहेको छ । होमस्टे बाहेक पनि सीएचएनले आगन्तुकहरूलाई नेपाल घुम्न आउनका लागि प्रेरित गर्न सीएचएनले स्थानीय सरकारहरूसँग मिलेर पनि काम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं