Lite Nepal

शनिबार, साउन ३१, २०७७

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ मा धारिलो हतियार (चक्कु) प्रहारबाट एक जनाको हत्या भएको छ । गोङ्गबु बसपार्क नजिकै दीपज्योतिमा शुक्रबार साँझ चक्कु प्रहारबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले तामाङको हत्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई आज बिहान माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसको १०१ नं कोठाबाट पक्राउ गरिएको जानकारी दिए ।

तारकेश्वरस्थित गोर्खा खाजा घरमा शुक्रबार राति विवाद भएपछि झडप हुँदा चक्कु प्रहारबाट तामाङको मृत्यु भएको थियो । तामाङको शव अहिले ग्रिनसिटी अस्पताल बसुन्धरामा राखिएको छ । हत्याका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए ।

शुक्रबार साँझ सुमन गोर्खा खाजा घरमा ‘गर्लफेण्ड खोसेको’ विवादमा दुई समूहबीच झडप हुँदा शेर्पाले चक्कु प्रहार गर्दा लक्ष्मणको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं