Lite Nepal

बुधबार, चैत्र ०६, २०८१

ताप्लेजुङ । ताप्लेजुङमा आगोबाट बच्नलाई भागेका पुरुषको बारीको डिलबाट लडेर मृत्यु भएको छ ।

आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादीनका ५७ वर्षीय सुरेन्द्र तामाङको बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाको छ । आफ्नै बारीमा झ्यास डढाउने क्रममा एक्कासि ठूलो बलेको आगोले तामाङको खुट्टामा पोलेको थियो ।

प्रहरीका अनुसार आगोले खुट्टा पोलेपछि जोगिनलाई भाग्ने क्रममा बारीको डिलबाट उनी लडेका थिए । लडेर उनी ७–८ मिटर तल झरेका थिए ।

लड्नसाथ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं