विराटनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भिडियो फेसबुकबाट हटाइएको घटनापछि मेटाका उच्च अधिकारीले भारत सरकारसँग छलफल गरेका छन् । मेटाका प्रमुख विश्वव्यापी मामिला अधिकारी जोएल काप्लानको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले बुधबार भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका सचिव एस. कृष्णनसँग नयाँ दिल्लीमा भेटवार्ता गरेको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार करिब ४५ मिनेटसम्म चलेको छलफलमा […]
एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्कने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै निर्वासनमा रहे पनि देशको राजनीतिमा आफू सक्रिय रहने संकेत दिएकी छिन् । विश्लेषकहरूले उनको पछिल्लो अभिव्यक्तिलाई अवामी लिगका समर्थकलाई एकजुट राख्ने, दलको राजनीतिक प्रभाव कायम गर्ने र राष्ट्रिय राजनीतिमा आफ्नो सान्दर्भिकता जोगाइराख्ने प्रयासका रूपमा व्याख्या गरेका छन् । भारतमा निर्वासनमा रहेकी ७८ वर्षीया हसिनाले […]
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी चाँडै पुनः सञ्चालनमा नआए इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । उनले जलघाँटी पुनः खोल्ने विषयमा अमेरिका, इरान र ओमानबीच वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताउँदै सम्झौता एक–दुई दिनभित्र हुन सक्ने विश्वास व्यक्त गरेका छन् । क्यालिफोर्निया भ्रमणका क्रममा फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले हर्मुज जलघाँटी […]
काठमाडौं । यमनको तट नजिकै लाल सागरमा भारतीय झण्डा भएको व्यावसायिक जहाजमाथि हमला भएको छ । इरानसमर्थित हुथी विद्रोहीले विस्फोटक पदार्थ बोकेको आत्मघाती डुंगामार्फत जहाजमा आक्रमण गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । हमलापछि जहाज डुबेको छ । तर जहाजमा सवार सबै १३ जना भारतीय नागरिकलाई भने सुरक्षित उद्धार गरिएको बताइएको छ । भारतीय विदेश […]
पाकिस्तान । पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा एक कोइला खानीमा भएको विस्फोटमा परी ३४ जना कामदारको मृत्यु भएको उद्धार अधिकारीहरूले बताएका छन् । प्रान्तीय राजधानी क्वेटाको बाहिरी इलाकामा अवस्थित उक्त खानीमा बिहीवार स्थानीय समयअनुसार दिउँसो करिब ४ बजे विस्फोट भएको थियो । खानीभित्र काम चलिरहेका बेला अचानक विस्फोट हुँदा त्यहाँ कार्यरत मजदुरहरू भित्रै थुनिएका थिए । […]
भारत । भारतको दक्षिण-पश्चिमी राज्य महाराष्ट्रमा एक बहुतले आवासीय भवन भत्किँदा नौ जनाको मृत्यु भएको छ । बिहीवार राति भएको यस दुर्घटनामा अन्य धेरै व्यक्तिहरू भग्नावशेषमा पुरिएको स्थानीय अधिकारीहरूले शुक्रवार पुष्टि गरेका छन् । भारतको आर्थिक राजधानी मुम्बई नजिकै पर्ने भिवण्डी क्षेत्रमा उक्त दुर्घटना भएको हो । घटना पश्चात् रातभर उद्धार कार्य सञ्चालन गरिएको थियो […]
बैंकक । गत वर्षको झडपपछि थाइल्याण्डसँगको सीमामा २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित अवस्थामा रहेको संयुक्त राष्ट्रसंघका एक विशेषज्ञले शुक्रबार बताए। उनले दुवै पक्षलाई यो संकट समाधान गर्न आग्रह गरेका थिए । लामो समयदेखि चलिरहेको सीमा विवाद जुलाई र डिसेम्बरमा लडाइँमा परिणत भएको थियो, जसमा दर्जनौं मानिस मारिएका थिए। उनीहरूले डिसेम्बरमा युद्धविराम सम्झौता गरेका थिए, […]
जापान । जापानका आपत्कालीन उद्धारकर्मीहरूले भूकम्पले भत्किएको सपिंग मलबाट जीवित मानिसहरूलाई बचाउने प्रयास गरिरहेको जनाइएको छ भने भूकम्पबाट मृत्यु हुनेहरूको सङ्ख्या २८ जना पुगेको पुष्टि भएको छ । गत मंगलबार गएको भूकम्प पछि ग्यास विस्फोट भएको एओन सपिङ मलको भग्नावशेषबाट चार जनाको शव निकालिएको कुमामोटो अधिकारीहरूले बताए पछि सरकारले नयाँ तथ्यांक जारी गरेको हो । […]
काठमाडौं । अमेरिकाले इरानमाथि फेरि हवाई आक्रमण गरेको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले इरानी लक्ष्यहरूमाथि जवाफी हवाई आक्रमण सुरु गरेको जनाएको हो । अमेरिकी सेनाका अनुसार, जोर्डनस्थित आफ्ना सैन्य अखडा र हर्मुज जलसन्धिमा रहेका जहाजहरूमाथि भएका आक्रमणको जवाफमा यो कदम चालिएको हो । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनामाथि आक्रमण भएमा अमेरिकाले पूर्ण […]
वासिङ्टन डीसी । अमेरिका र इरानबिचको लडाइँ अस्थायी रूपमा रोकिएपछि सोमबार विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। यो गिरावट अप्रिल ८ यताकै सबैभन्दा ठुलो मानिएको छ। विश्व बजारको प्रमुख मापदण्ड मानिने ब्रेन्ट क्रुडको वायदा मूल्य ११.३ प्रतिशतले घटेर प्रतिव्यारेल ८५.८७ अमेरिकी डलरमा बन्द भयो। त्यसैगरी अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटिआई) कच्चा तेलको […]