इक्वेडरको जेलमा झडप, ८ कैदीको मृत्यु

क्विटो । इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । सुधार अधिकारीहरूका अनुसार कोटोपाक्सी कारागारमा चार र पिचिनचा कारागारमा थप चार जनाको मृत्यु भएको हो । इक्वेडरका जेलमा सन् २०२१ यता ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ । केही कारागार सैन्य नियन्त्रणमा रहे […]

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, कम्तीमा १६ जनाको मृत्यु, ४६ घाइते

बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । भूकम्पका कारण ३३९ वटा घर भत्किएका वा क्षतिग्रस्त भएका छन् । उद्धारकर्मीहरूले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये ११ जनाको […]

न्यूयोर्कका मेयरले हिन्दूहरुसँग मनाए दसैं

न्यूयोर्क। अमेरिकाको न्यूयोर्क सहरका मेयर जोहरान मम्दानीले गत साता इलिनोय राज्यस्थित एउटा हिन्दू मन्दिरमा भएको सामूहिक गोलीकाण्डको प्रयासपछि घृणाविरुद्ध एकता र ऐक्यबद्धताको आह्वान गर्दै क्विन्समा हिन्दू समुदायका सदस्यहरूसँग नवरात्री, दुर्गा पूजा, दशैं र विजयादशमी मनाएका छन् । बुधबार (स्थानीय समय) सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मम्दानीले हिन्दू समुदायका सदस्यहरूसँग यी पर्व मनाउन र धार्मिक तथा […]

हुथी आक्रमण बढेपछि साउदीबाट अमेरिकी कर्मचारी फिर्ता बोलाइयो

काठमाडौं । यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबमाथि आक्रमण तीव्र बनाएपछि अमेरिकाले रियाधस्थित दूतावासबाट गैर–आकस्मिक कर्मचारी तथा उनीहरूका परिवारलाई देश छाड्न आदेश दिएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटका अनुसार हुथी आक्रमणबाट विमानस्थल, तेल पूर्वाधार तथा अन्य महत्त्वपूर्ण संरचनामा जोखिम बढेको छ। यसैबीच, साउदी अरबले बुधबार कम्तीमा सातवटा ड्रोन निष्क्रिय पारेको जनाएको छ। […]

साउदीमा ड्रोन आक्रमण, नेपालीसहित २ जनाको मृत्यु

काठमाडौं । साउदी अरबमा भएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुईजनाको मृत्यु भएको छ । पूर्वी प्रान्तस्थित सायबाह तेल खानी क्षेत्रमा रहेको अरामकोको प्रशोधन केन्द्रलाई लक्षित गरी आक्रमण गरिएको थियो । साउदी ऊर्जा मन्त्रालयका अनुसार, बुधबार बिहान प्रशोधन केन्द्रतर्फ लक्षित ड्रोनलाई हवाई रक्षा प्रणालीले आकाशमै निष्क्रिय पारेको थियो । त्यस क्रममा खसेको भग्नावशेषले प्रशोधन केन्द्रको बाहिरी […]

जियोले ल्यायो भारतीय इतिहासकै ठूलो आईपीओ

काठमाडौं । भारतीय डिजिटल तथा दूरसञ्चार कम्पनी जियोले सार्वजनिक सेयर निष्कासन प्रक्रिया अघि बढाएको छ । रिलायन्स इन्डस्ट्रिज लिमिटेडको सहायक कम्पनी जियोले बुधबारदेखि तीन खर्ब दुई अर्ब भारतीय रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ । यो भारतीय इतिहासकै सबैभन्दा ठूलो सेयर निष्कास रहेको बताइएको छ। अहिले भारतीय सेयर बजारमा मन्दीको वातावरण छ । नेशनल स्टक एक्सचेन्जले […]

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

लाहोर(पाकिस्तान) । अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी नोक्सानी पुर्‍याएको आरोपमा पाकिस्तानका अधिकारीहरूले ३३ वर्षीय फहीम अकरमलाई पक्राउ गरेका छन् । उनीमाथि अनलाइनमार्फत नक्कली हुलाक लेबल बिक्री गर्ने वेबसाइट सञ्चालन गरेको आरोप छ । राष्ट्रिय साइबर अपराध अनुसन्धान एजेन्सीका वरिष्ठ अधिकारी आतिफ अमीरका अनुसार अकरमलाई एक सातासम्म खोजी गरेपछि मंगलबार पक्राउ […]

भिसा नीतिमा ट्रम्पको कडाइ, ३ लाख बढी विदेशीको अमेरिका बस्ने अनुमति रद्द

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा आप्रवासन नीतिमा गरिएको कडाइका कारण तीन लाखभन्दा बढी विदेशी नागरिकको अमेरिकी भिसा रद्द भएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटका अनुसार ट्रम्प प्रशासनले अघिल्ला प्रशासनको तुलनामा तीव्र गतिमा भिसा रद्द गरेको हो । गत अगस्ट १० सम्म एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द भएकोमा […]

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

टोकियो । दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई)को सहायताले केही घण्टामै पढ्न सकिएको छ । यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता लगाउने काम अब विद्वान् र अनुभवी सङ्केतविद्मा मात्र सीमित नरहेको देखाएको छ । सन् १८०९ मा फ्रान्सेली सेनाका एक जनरललाई पठाइएको उक्त सन्देशमा प्रतीक, सङ्ख्या […]

मालीमा सशस्त्र आक्रमणमा ५० जनाको मृत्यु

विराटनगर । मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा ५० जनासम्म सर्वसाधारण मारिएका छन् । आइतबार भएका आक्रमणमा मुख्यतः दौसहाक समुदायका बासिन्दालाई लक्षित गरिएको सुरक्षा अधिकारी तथा स्थानीय स्रोतहरूले बताएका छन् । मोटरसाइकलमा आएका आक्रमणकारीले टिनाबो गाउँ र तगादायत क्षेत्रका शिविरमा गोली चलाउनुका साथै घरहरूमा आगो लगाएका थिए । दौसहाक समुदायको कार्यकारी ब्युरोले हत्यामा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं