रुसी आक्रमणमा युक्रेनको ऊर्जा पूर्वाधारमा क्षति

एजेन्सी । रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा ब्यालिस्टिक मिसाइल र जेट इन्जिनयुक्त ड्रोनमार्फत आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसपटक आक्रमणबारे साझेदार मुलुकहरूबाट कुनै पूर्वचेतावनी नपाएको बताएका छन् । जेलेन्स्कीका अनुसार, रुसी आक्रमणबाट देशभरका १० भन्दा बढी ऊर्जा संरचनामा क्षति पुगेको छ । पाँच लाखभन्दा बढी मानिस विद्युत्, ताप सुविधा र खानेपानीको पहुँचबाट वञ्चित […]

टाइगर श्राफ गोलीकाण्डका तीन संदिग्ध कोटाबाट पक्राउ, नेपाल भाग्ने योजनाको खुलासा

काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफमाथि भएको भनिएको गोली प्रहार घटनामा संलग्न रहेको आशंकामा भारतीय प्रहरीले तीन जनालाई राजस्थानको कोटाबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरू नेपालतर्फ भाग्ने तयारीमा रहेको प्रारम्भिक सोधपुछबाट खुलेको प्रहरीले जनाएको छ । राजस्थानको कोटा रेलवे स्टेसनबाट सोमबार बिहान करिब ११ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार तीनै जना दिल्ली […]

चुनावअघि नेतान्याहुलाई ट्रम्पको खुला समर्थन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर २७ मा हुने इजरायलको संसदीय चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई समर्थन गरेका छन् । उनको समर्थनले कडा चुनावी प्रतिस्पर्धामा नेतान्याहुको पुन:निर्वाचन प्रयासलाई बल पुग्ने अपेक्षा गरिएको छ । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा नेतान्याहुलाई बलियो, साहसी र प्रतिभाशाली नेता भन्दै उनको पुन:निर्वाचन अभियानलाई पूर्ण समर्थन गर्ने घोषणा गरेका हुन् […]

बडादसैंको महाष्टमी: भद्रकालीसहित देशभरका शक्ति पीठहरूमा श्रद्धालुको घुइँचो

काठमाडौं । बडादसैँको आठौँ दिन आज महाष्टमी पर्वका अवसरमा काठमाडौँ उपत्यकाको ऐतिहासिक भद्रकाली मन्दिरसहित देशभरका प्रमुख शक्ति पीठहरूमा बिहानैदेखि दर्शनार्थी एवं भक्तजनहरूको उल्लेख्य भीड लागेको छ । श्रद्धालुहरू बिहानैदेखि लामबद्ध भएर दुर्गा भवानीको स्वरूप मानिने महाकाली, महालक्ष्मी र महासरस्वतीको श्रद्धापूर्वक पूजा आराधना गरिरहेका छन् । आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाष्टमी पर्वका अवसरमा काठमाडौं उपत्यकाभित्रका […]

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

एजेन्सी । भारतको पूर्वी राज्य पश्चिम बंगालको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार शनिबार राति वर्षा हुन थालेपछि मण्डप नजिकै भेला भएका मानिसहरू ओत लाग्न दौडिँदा भागदौड मच्चिएको हो । प्रहरीका अनुसार केही भक्तजन सडकमा लडेपछि भीड अनियन्त्रित […]

भारतमा मानव अधिकार उल्लंघनबारे ६ अमेरिकी सांसदको चिन्ता

काठमाडौं । भारतमा प्रदर्शनकारीमाथि दमन भएको आरोप लगाउँदै अमेरिकाका ६ डेमोक्रेटिक सांसदले विदेशमन्त्री मार्को रुबियोलाई भारतीय अधिकारीसँग यो विषय उठाउन आग्रह गरेका छन् । सांसदहरूले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग, अनुचित हिरासत र निगरानी भएको आरोप लगाउँदै घटनाको स्वतन्त्र छानबिन तथा पक्राउ परेकाहरूको रिहाइ माग गरेका छन् । भारतको मतदाता नामावली पुनरीक्षण प्रक्रियाबाट १३ करोड नाम […]

मेक्सिकोको तटमा १६ जनाको उद्धार, ११ जना बेपत्ता

लस एन्जलस । मेक्सिकोको क्यालिफोर्निया प्रायद्वीपको तटनजिकै समुद्रमा डुब्न लागेको डुंगाबाट अमेरिकी कोस्ट गार्डले १६ जनाको उद्धार गरेको छ भने अन्य ११ जना अझै बेपत्ता छन्। शुक्रबार स्थानीय समयअनुसार बिहान करिब १ बजे सान डिएगोस्थित कोस्ट गार्डले डुङ्गामा पानी भरिएको भन्दै आएको आपत्कालीन सन्देश प्राप्त गरेको थियो। उक्त घटना मेक्सिकोको एन्सेनाडा सहरबाट करिब २२५ किलोमिटर […]

भारतको सर्वोच्च अदालतले माग्यो निर्वाचन आयोगसँग जवाफ

काठमाडौं । भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रियामार्फत ठूलो संख्यामा मतदाताको नाम हटाइएको आरोपसम्बन्धी निवेदनमा निर्वाचन आयोग र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई बिहीबार सूचना जारी गरेको छ । कानुनी समाचार वेबसाइट ‘बार एन्ड बेन्च’का अनुसार प्रधानन्यायाधीश सूर्यकान्तको नेतृत्वमा रहेको इजलासले निर्वाचन आयोगसँग जवाफ मागेको हो । राहुल गान्धीसहित विभिन्न नेताहरूले […]

पाकिस्तानमा विद्यालयको छत खस्दा १८ बालबालिकासहित १९ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको पेसावरस्थित एक निजी विद्यालयको छत खस्दा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ बालबालिका र एक शिक्षिका रहेका छन् । अन्य ४० जना बालबालिका घाइते भएका छन् । बीबीसी उर्दूका अनुसार, यो दुर्घटना पेसावरको ‘दिर कलोनी’ क्षेत्रमा भएको हो । लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद आसिमका अनुसार, दुर्घटनापछि १८ बालबालिकालाई […]

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा । अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको छ। एबीएसका श्रम तथ्यांक प्रमुख सन क्रिकका अनुसार सेप्टेम्बरमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या ३९ हजारले घटेको छ भने बेरोजगार व्यक्तिको सङ्ख्या नौ हजारले बढेको छ । यसैगरी, कुल जनसङ्ख्यामा रोजगारीमा रहेका व्यक्तिको अनुपात ०.३ प्रतिशत विन्दुले घटेर ६३.६ प्रतिशतमा झरेको छ । श्रमशक्तिमा सहभागिता […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं