काठमाडौं । नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै अवैध रूपमा गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले ठूलो परिमाणमा लागू औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार राति करिब ९:३० बजे अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको टोलीले इनरुवा नगरपालिका-६ भोटेपुलस्थित पूर्व-पश्चिम राजमार्गमा सवारी साधन जाँच गरिरहेको थियो। सो क्रममा पूर्वबाट पश्चिमतर्फ गइरहेको […]
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हुँदै गत आवको छ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा रु दुई अर्ब ७५ करोड बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको हो । चालु आवको छ महिनामा पेट्रोलियम पदार्थको आयातबाट […]
भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर एक करेसाबारी’ कार्यक्रम अघि बढाएको छ । व्यावसायिक कृषिका माध्यमबाट किसानको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालनको तयारी गरिएको हो । किसानलाई व्यावसायिक तथा उद्यमशील बनाउने उद्देश्यले ‘एक घर एक करेसाबारी’ अवधारणाअनुसार कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । उनका अनुसार कार्यक्रमले […]
काठमाडौँ । कोसी प्रदेश सभाअन्तर्गतको न्याय प्रशासन तथा विधायन समितिले प्रदेशभित्र सञ्चालित यातायात व्यवस्था कार्यालयहरूको अवस्थाबारे स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदन प्रदेश सरकारसमक्ष प्रस्तुत गरेको छ । सोमबार बसेको समितिको बैठकपछि समितिकी सभापति कमला दर्नालले आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीलाई १० बुँदे निर्देशनसहितको प्रतिवेदन हस्तान्तरण गरेकी हुन् । प्रतिवेदनमा सेवा प्रवाह, संरचना, […]
चितवन । प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा अण्डाको माग उच्च भएको छ । माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो । यसअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य रु चार सय ९५ पुगेको छ । यसअघि प्रतिक्रेट रु चार […]
भोजपुर । भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत ऊनी कपडा बुन्ने घरेलु उद्योग सञ्चालन गर्दै आएका छन् । आधुनिक प्रविधि र रेडिमेड कपडाको बढ्दो प्रयोगका बीच पनि परम्परागत सीपको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले रसिला ताम्राकार र हीरामाया ताम्राकारले ४२ वर्षदेखि निरन्तर रूपमा यो पेसालाई जीवित राख्दै आएका हुन् । परम्परागत चर्खा […]
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका रैथाने उत्पादनहरूको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ। साउनदेखि पुस मसान्तसम्मको अर्धवार्षिक अवधिमा मात्रै ७ अर्ब १९ करोड ९५ लाख रुपैयाँ बराबरको ३४ लाख ६१ हजार केजी अलैँची निर्यात भएको छ। मेची भन्सार कार्यालयका अनुसार यो निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८ प्रतिशतले […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर रु. एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु. […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि शुक्रबार छापावाल सुन तोलामा दुई लाख ६७ हजार ८०० […]
झापा । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी बजारमा माघे सङ््क्रान्तिको अवसर पारेर यही पुस ३० गते र माघ १ गतेसम्म दुई दिने अन्तरराष्ट्रिय तरुल महोत्सव आयोजना हुने भएको छ । सरकारी र गैरसरकारी गरी १४ वटा संस्थाले सञ्चालन गर्ने महोत्सवमा नेपाल, भारत र भुटानका तरुलसहित रैथाने खानेकुराको प्रदर्शनी हुने आयोजक समितिका अध्यक्षसमेत रहेका मेचीनगर–४ का वडाध्यक्ष अर्जुन […]