सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा आठ हजार दुई सय रुपैयाँले घटेर प्रतितोला आज तीन लाख आठ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । शुक्रबार भने सुन तोलामा ३ लाख ९ हजारमा कायम भएको थियो । यसैगरी, चाँदी मूल्य पनि घटेको छ । आज […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा रहेको छ भने युके पाउण्ड […]

निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न ४००० बाँसका बिरुवा रोपियो

झापा । मेचीनगर नगरपालिकाले वडा नं ७ भएर बग्ने निन्दा नदीको किनारमा बाढी नियन्त्रण तथा कटान रोकथामका लागि प्राकृतिक तटबन्धको रूपमा चार हजार बाँसका बिरुवा रोपेको छ । परम्परागत रूपमा गरिने ढुङ्गा र जालीको महँगो तटबन्धको विकल्पका रूपमा बाँसका बिरुवा रोपेको मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । मेचीनगर नगरपालिका–७ स्थित पूर्वी निन्दा करिडोरबाट […]

ग्लोबल आइएमईको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापन सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापनसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेन्ट प्रालि र सहभागी बैंकहरूबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत […]

७७४ वटा बीवाईडी गाडी सशस्त्र प्रहरीले किन समायो ?

काठमाडौं । नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका बीवाईडी ब्राण्डका ७७४ वटा विद्युतीय सवारीसाधन (ईभी) सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले दिएको जानकारी अनुसार विद्युतीय सवारीसाधनमा लाग्ने करको दर परिवर्तनसम्बन्धी सूचना बजेटअघि नै चुहिएको आशंकामा थप छानबिनका लागि गाडीहरू नियन्त्रणमा लिइएको हो । बुधबार राति कास्कीदेखि […]

यार्सागुम्बा संकलनको अभियोग, तेह्रथुममा ४ जना पक्राउ

तेह्रथुम । अनधिकृत रुपमा यार्सागुम्बा सङ्कलन गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिइ यार्सागुम्बा टिपेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार सङ्खुवासभाको मादी नगरपालिका–९ का जीवन लिम्बू, कर्णबहादुर लिम्बू, बादल लिम्बू र हर्कबहादुर श्रेष्ठलाई पक्राउ गरिएको हो । उनीहरूबाट प्रहरीले १३ थान यार्सागुम्बा र नौ वटा मोटरसाइकल बरामद […]

कोशी प्रदेशमा बेरुजुकाे चाङ

विराटनगर । महालेखा परीक्षकको कार्यालयले कोशी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ रु ५८ करोड ६६ लाख ८३ हजार बेरुजु रहेको जनाएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा कोशी प्रदेशका १८२ सरकारी कार्यालय, समिति तथा २६ अन्य संस्थाका गरी कूल २०८ निकायको लेखा परीक्षणबाट सो परिमाणको बेरुजु देखिएको उल्लेख छ । प्रदेश प्रमुख पर्शुराम खापुङलाई महालेखा परीक्षकको […]

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख ११ हजार ३०० कायम भएको छ । मंगलबार पनि यही मूल्यमा कारोबार भएको थियो । आज एक तोला चाँदी रु पाँच हजार ३७० […]

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक (नामसहित)

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकहरूले लुकाएको सम्पत्ति बारे सूचना माग गरेको छ । समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नाम सहितको विवरण सार्वजनिक गर्दै समितिले उनीहरूका परिवार, आफन्त तथा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भएमा सूचना दिन अनुरोध गरेको हो । सूचनामा भनिएको छ, ‘सार्वजनिक भएका सञ्चालकहरूले सहकारीको बचत रकम वा […]

कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं