तरकारी बजारमा झार पलायो, १४ करोडको संरचना प्रयोग विहीन

विराटनगर । २७ महीनाअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको तरकारी तथा फलफूल बजार अलपत्र परेको छ । १४ करोड लागतमा विराटनगर महानगरपालिकासँगै जोडिएको कटहरी गाउँपालिका-१ जम्टोकीमा निर्माण भएको ‘कटहरी फलफूल तथा थोक बजार’ प्रयोग विहीन भएको हो । २०७५ चैत ३ गते ओलीले बजारको उद्घाटन गर्दै सञ्चालनका लागि प्रदेश सरकारलाई हस्तान्त्रण गरेका थिए […]

फुङ्लिङका मेयरको मन्त्रीलाई सुझाव ‘घरमा आगो लगाउनेसँग खुट्टा नकमाउनु’

ताप्लेजुङ । १ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री उषाकला राईलाई ताप्लेजुङको फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेलले आफ्नै घरमा आगो लगाउनेसँग खुट्टा नकमाउन सुझाव दिनुभएको छ । ताप्लेजुङमा रहेको धार्मिक स्थल पाथीभरा दर्शन गरेर फर्कने क्रममा सदरमुकाम फुङलिङ आउनुभएकी राई पार्टी कार्यालय आउन अस्वीकार गरेपछि प्याकुरेलले नगरपालिकामा बोलाएर आक्रोस पोख्नुभएको हो । ‘तपाईंलाई मैले पहिलो पटक […]

एमाले संसदीय दलको बैठक : पुनर्स्थापित संसदमा पार्टीको भूमिका बारे छलफल हुने

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक आजलाई बोलाइएको छ । बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । साउन ३ गतेलाई संसद बैठक बोलाइएपछि पुनर्स्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको भट्टराईले […]

द्वन्द्वमा बेपत्ता ३१ व्यक्ति भेटिए, सकुशल अवस्थामा परिवारको सम्पर्कमा

काठमाडौं । नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो । ‘बेपत्ता व्यक्तिको परिवारसँग भेट्ने क्रममा ३१ व्यक्ति सम्पर्कमा आएका छन्, परिवारसँग सकुशल भेटिएका छन्’, आयोगका […]

प्रदेश १ मा कोरोना : एकैदिन ३९७ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ३९७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १५६, सुनसरीमा ११४, मोरङमा ९४, इलाम र धनकुटामा ७–७, ते¥हथुम र उदयपुरमा २–२, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको विर्तामोडमा ४७, मेचीनगर र कनकाईमा २५–२५, भद्रपुर र दमकमा […]

मन्त्रीबारे छलफल गर्न माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सरकारमा पठाउनेबारे मन्त्रीबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दै छ । बैठक केहीबेरपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ । बैठकले शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीको बारे निर्णय गर्ने सम्भावना रहेको एक नेताले जानकारी दिए । कांग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने र विपक्षी गठबन्धनलाई […]

देउवा ७ पटक प्रधानमन्त्री बन्छन् भनेर ठोकुवा गर्ने ज्योतिषी को हुन ?

विराटनगर । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमलाई खारेज गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको छ। सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारीसमेत गरेको छ। संसद विघटनलाई बदर गरेको संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको हो। ​ […]

जनस्वास्थ्यविद्को चेतावनी : संक्रमण दर उच्च रहेकाले तेश्रो लहर भयावह हुन्छ

काठमाडौं। निषेधाज्ञा खुकुलो बनाएसँगै स्वास्थ्य सुरक्षाका मापदण्डको कडाइपूर्वक पालना नहुँदा संक्रमण बढ्दै जान सक्ने जनस्वास्थ्यविद्हरुले चेतावनी दिएका छन् । नेपालमा देखिएको डेल्टा भेरियन्टको नयाँ म्युटेसन बढी संक्रामक रहेको कारण र दोस्रो लहर पनि अझैँ नसकिएको अवस्थामा सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरुको भनाइ रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमण […]

प्रधानमन्त्री ओली हेलिकप्टरबाट ओर्लिएर हेलम्बु

हेलम्बु । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि आउनुभएको छ । प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा हुनुहुन्छ भने यसपछि मेलम्ची क्षेत्रमा पुग्नुहुनेछ । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाँदै हुनुहुन्छ । उहाँले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि […]

अर्जेन्टिनाको २८ वर्षे उपाधि खडेरी के मेस्सीले तोड्लान अब ?

काठमाडौं । विश्वकै सबैभन्दा पूरानो फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४७औं संस्करणको उपाधिका लागि ल्याटिन अमेरिकन दुई पावर हाउस ब्राजिल र अर्जेन्टिना भिड्दैछन् । ब्राजिलमै भइरहेको यस प्रतियोगिताको फाइनलमा उत्रिदा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीका लागि पहिलो मुख्य प्रतियोगिताको उपाधि जित्ने अवसर हुनेछ । फाइनल खेल शनिबार (नेपाली समयअनुसार आइतबार बिहान) रियो दि जेनरियोस्थित माराकाना स्टेडियममा हुँदैछ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं