Lite Nepal

शनिबार, आश्विन ०८, २०७९

काठमाडौं – लामो समयसम्मको विवाद तथा प्रचार प्रसारपछि हिजो शुक्रबार देखि विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेमगित ३ को हिन्दी संस्करण लिक भएको छ ।

चलचित्र संवद्ध स्रोतले जानकारी गराए अनुसार यो चलचित्रले हिजो देखि नेपाल भारत र अन्यमुलुक गरी लगभग ६०० सय थियटर्सबाट प्रदर्शन सुरु गरेको थियो । चलचित्र भारतका ३ सय ३० वटा थियटर्समा प्रदर्शनमा आएको जनाइएको छ ।

नेपालमा हाल यस चलचित्रको नेपाली संस्करण प्रदर्शनमा छ भने निर्माण पक्षले यस अघिनै नेपालमा पनि हिन्दी संस्करण रिलिज गर्ने घोषणा गरिसकेको छ । हिन्दी भर्सनको सेन्सर सर्टिफिकेट नआइसकेकाले नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुने जनाइएको छ ।

यद्यपि नेपालमा प्रदर्शन हुनु पुर्वनै प्रेम गित ३ ‘अनएथिकल’ एप ‘टेलिग्राम’ मा लिक भएको हो । इतिहासमा पहिलो पटक नेपाललाई ‘ग्लोबल मार्केटमा‘ मा पुर्याउन सफल यस चलचित्रले भारतमा पनि अपेक्षित मात्रामा शो प्राप्त गर्न भने सकेको छैन यस्तो अवस्थामा फिल्मको हिन्दी संस्करण नेपालमा रिलिज हुनुपुर्वनै लिक हुनाले फिल्मलाई उल्लेखनीय आर्थिक नोक्सानी हुनसक्ने सम्भावना बढेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं