टिआरसी विधेयक कार्यान्वयनमा केन्द्रित हुनुपर्नेमा राष्ट्रसंघको जोड

काठमाडौं – संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन, कानुन बनाउने विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएकामा स्वागत गरेको छ। संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्का उच्चायुक्त भोल्कर टर्कले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक नेपालका दुवै सदनबाट पारित भएकामा त्यसको स्वागत गर्दै […]

मर्स्याङ्दीमा खसेको बस नम्बर युपी ५३ एफटी ७६२३, घाइते र शव निकाल्दै सुरक्षाकर्मी

काठमाडौं– पोखराबाट काठमाडौंतर्फ आउँदै गर्दा तनहुँको आँबुखैरेनी नजिक ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बस भारतीय रहेको खुलेको छ । झण्डै ४० यात्रु रहेका सो बसको नम्बर युपी ५३ एफटी ७६२३ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । पृथ्वी राजमार्गको आँबुखैरेनी-मुग्लिङ सडकखण्डमा पर्ने ऐनापहरा आँबुखैरेनी गाउँपालिका-२ मा पर्छ । सो भारतीय बस शुक्रबार बिहान करिब […]

धरानबाट १४२० किलो गाँजासहित दुई जना पक्राउ

धरान- प्रहरीले ठूलो परिमाणमा धरानबाट गाँजा बरामद गरेको छ । धरान–१३ सारंगा मोडबाट प्रहरीले १४२० किलो गाँजा बरामद गरेको हो । बिहीबार धनकुटाबाट ट्रकमा ढुवानी गरेर धरान ल्याउँदै गरेको बेला गाँजा बरामद गरेको हो । तयारी अवस्थाका गाँजा सहित प्रहरीले मोरङको सुन्दर हरैँचा–७ गछिया बस्ने ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको सहिदभुमी गाउँपालिका–७ बस्ने ४१ […]

केदारनाथमा पहिरोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु

काठमाडौं– भारतको उत्तराखण्ड राज्यमा पर्ने केदारनाथमा पहिरोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु भएको छ । बिहीबार राति परेको भारी वर्षापछि रुद्रप्रयागमा पर्ने फाटा हेलिप्याड नजिकै गएको पहिरोमा परेर चार नेपालीको मृत्यु भएको हो । भारतीय सञ्चार माध्यमहरूले जिल्ला आपदा प्रबन्धन अधिकारी नन्दनसिंह रजवारले बिहीबार राति झन्डै साढे १ बजे भारी वर्ष हुँदा फाटा हेलिप्याडनजिकै […]

बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य

कैलाली– कैलालीको चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन् । वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिस्थित समैजी आधारभूत विद्यालय जान बाध्य छन् । कालेखोलामा पुल नहुँदा पानी परेका बेला तुडेपानी र बार्जुगडाका विद्यार्थीलाई अभिभावकले प्रत्येक बिहान र दिउँसो स्कुल लैजाने र ल्याउने गर्दै आएका छन् । […]

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल भदौ ६ गते बिहीबार तदनुसार सन् २०२४ अगष्ट २२ तारिख। भद्र कृष्ण पक्षको तृतीया तिथि। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको […]

झरनाबाट झरेको पानी किन सेतो देखिन्छ ?

काठमाडौं- तपाइँ हामी सबैले पानी जमेको ताल, पोखरी, खोला, नदी, समुद्र, झरना देखेका छौँ । तर, तपाईँले ख्याल गर्नुभएको छ ? तपाइँले देखेका ती सबैमध्ये झरनाको पानी बढी सेतो देखिन्छ । तपाई पोखरा जानु भएको छ भने पातले छाँगो वा डेभिज फल्स त पक्कै जानु भएको होला त्यहाँबाट झरेकाे पानी पनि सेतो देखिन्छ ।त्यस्तै अन्य […]

सरकारले चलाएका उद्योग घाटामा जानु हुन्न : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थानहरू घाटामा जान नहुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा आज भएको ब्रिफिङमा प्रधानमन्त्री ओलीले उद्योगका लागि सडक बाटो, बिजुलीलगायतका पूर्वाधारका वातावरण तयार भइसकेकाले अब औद्योगिकीकरणमा लाग्न आग्रह गरेका हुन् । ‘साना […]

अभिनेता विपिन कार्कीकी आमाको अन्तिम बिदाइ (तस्बिरहरू)

काठमाडौं- अभिनेता विपिन कार्कीले आफ्नो जन्मदिनको खुसीबीच आमालाई गुमाएका छन् । विपिनले एकातिर जन्मदिनको शुभकामना पाइरहेका छन् भने अर्कातिर आमाको निधनमा श्रद्धाञ्जली पनि ! कार्कीकी आमा सरस्वती कार्कीको बिहीबार बिहान पाटन अस्पतालमा निधन भएको हो । सरस्वतीको फोक्सोमा पानी जम्ने समस्या थियो । पछिल्लो समय उनको मस्तिष्कमा पनि समस्या देखिएको थियो । त्यसपछि उनलाई पाटन […]

कलाकार विपीन कार्कीलाई जन्मदिनमा मातृशोक

काठमाडौं– कलाकार विपीन कार्कीलाई मातृशोक परेको छ । कार्कीकी आमा सरस्वतीको ७२ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान पाटन अस्पतालमा निधन भएको हो । फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या भएपछि उनकाे केही दिनदेखि पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको आजै बिहान १० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा