काठमाडौं । प्रतिनिधिसभामा बिभिन्न दुई विधेयक प्रस्तुत भएको छ । मंगलबार बसेको बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गरेका हुन् । विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले अन्तर्राष्ट्रिय सम्बन्ध र सामरिक विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान मार्फत दक्ष, सक्षम र जिम्मेवार […]
रूपन्देही । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारी पार्टीको औपचारिक जिम्मेवारीमा फर्किएपछि पहिलोपटक एमालेको कार्यक्रममा सहभागी भएकी छन् । एमाले रूपन्देहीले बुटवल उपमहानगरपालिका–१० सुख्खानगरस्थित जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा भण्डारी सहभागी भएकी हुन् । उनी सोमबार रूपन्देही पुगेकी थिइन् । कार्यक्रममा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मासहित केन्द्रीय सदस्य भूमिश्वर ढकाल, […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टीका संग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिकामा भएको कूटनीतिक स्वागतलाई लिएर विपक्षी दलका नेताहरूले गरेको टिप्पणीप्रति आपत्ति जनाएकी छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले मिडियामा विपक्षी दलका नेताहरूले अमेरिकामा प्रधानमन्त्रीको कूटनीतिक स्वागत र तामझाम नभएको भन्दै खिसिट्युरी गरेको सुनिएको बताइन्। उनले भनिन्, ‘मिडियामा सुनिन्छ, विपक्षी दलका […]
विराटनगर । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने तय भएको छ।
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले पछिल्लो समयको विपदबाट भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै विपद् व्यवस्थापनको संरचनागत सुधारका लागि सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा उनले विपद्लाई ‘दैवी प्रकोप’ भनी पन्छिने प्रवृत्ति गलत रहेको बताउँदै प्रधानमन्त्रीको राहत कोषको नामकरण परिवर्तन गर्न र अधिकार सम्पन्न प्राधिकरण गठन गर्न […]
विराटनगर । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले देशका विभिन्न भागमा सम्पर्कविहीन भएका नागरिकको अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा उनले विशेषगरी हाइड्रोपावर र टनेल निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरू सम्पर्कविहीन भएको भन्दै उनीहरूको अवस्थाबारे सूचना दिन ढिलाइ नगर्न सरकारसँग माग गरेका हुन् । सांसद राईले भोजपुर र […]
काठमाडौं । संघीय संसद्, प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान १० बजे सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यसैगरी, बैठकमा कानुनमन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत […]
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री खनालले साइडलाइन भेटवार्ताका दौरान श्रीलंकाका समकक्षी हेराथसँग द्विपक्षीय भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ । दुई मन्त्रीहरूले नेपाल–श्रीलंका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए […]
विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को २०औँ बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव आसमान तामाङलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ। बैठकले सहसचिव नीता शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रदेश सचिवमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ। शर्मालाई प्रदेश योजना आयोगको समेत कामकाज गर्ने गरी जिम्मेवारी तोकिएको छ। यस्तै, आर्थिक मामिला […]
काठमाडौं । हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद् अध्ययन गर्न गठित प्रतिनिधि सभाको विशेष समितिको सभापति चयन असोज १४ गते हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले सोमबारको प्रतिनिधि सभा बैठकमा सभापति पदको निर्वाचन असोज १४ गते दिउँसो २ बजे हुने जानकारी गराए। उनले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १७६ उपनियम […]