काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको हो । निर्वाचनका लागि कुल ५१ सामग्री प्रयोग हुने र हाल ३७ प्रकारका सामग्री विकेन्द्रीकृत रूपमा प्रदेश […]
ताप्लेजुङ । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेबे फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङबाट एमालेका उम्मेदवार छन् । संगठनात्मक राजनीतिमा लामो समय सक्रिय रहँदै आएका थेबे यसपटक संसदमार्फत जिल्लाको विकास र युवाका मुद्दा उठाउने लक्ष्यसहित चुनावी मैदानमा होमिएका छन् । थेबे एमालेभित्र युवा […]
काठमाडौं । नेकपा एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क कमिटीले एमाले उम्मेदवार क्षितिज थेबेलाई फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बहुमतले विजयी गराउन विभिन्न कार्यक्रम र अभियान सञ्चालन गर्ने भएको छ । कमिटीको मंगलबार सम्पन्न विस्तारित बैठकले आफ्नो उम्मेदवार थेबेलाई विजय गराउने दृढ संकल्पसहित संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा चुनावी व्यवस्थापनका लागि विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको […]
काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी १५औँ महाधिवेशनमा पुनः पार्टी नेतृत्वको जिम्मेवारी सम्हाल्ने तयारीमा आफू रहेको बताएका छन्। सर्लाहीको बलरा नगरपालिकामा आयोजित अगुवा कार्यकर्तासँगको अन्तरक्रियामा थापाले आफू विशेष महाधिवेशनमार्फत हालै मात्र सभापति चयन भएको उल्लेख गर्दै पार्टी नेतृत्वबाट पछि नहट्ने स्पष्ट पारे। उनले नेतृत्वको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै महाधिवेशनमार्फत पुनः सभापति […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट गोरखा–१ का उम्मेदवार सुदन गुरुङले आजदेखि घरदैलो अभियान सुरु गर्दैछन् । उनले सामाजिक सञ्जालमार्फत गोरखाको चुमनुव्री गाउँपालिकाबाट २१ फागुनमा हुने प्रतिनिधि सभा बैठकका लागि घरदैलो अभियान सुरु गर्ने जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘आजदेखि गोरखाको चुमनुव्री गाउँपालिकाबाट आउँदो निर्वाचनका लागि घरदैलो अभियान सुरु गर्दैछु, यो यात्रा […]
काठमाडौं । सुनसरी–१ का उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले चुनावी प्रचारमा बालबालिकाको प्रयोग गरेको आरोप लगाइएको हो । धरान नगर बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको छ । उजुरीमा बालबालिका ऐन, २०७५ अनुसार राजनीतिक उद्देश्यका लागि बालबालिकाको प्रयोग गर्न […]
काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ। निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४, दफा १३ को खण्ड (न) मा दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झन्डा प्रयोग गर्नबाहेक […]
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त रहेका सदस्य पदहरू पूर्ति गर्न सम्पन्न निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगका अनुसार तोकिएको निर्वाचन प्रक्रियामार्फत राष्ट्रिय सभाका लागि आवश्यक सदस्य चयन गरिएको हो । राष्ट्रिय सभामा रिक्त रहेका १८ पदका लागि आज निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन सम्पन्न भएसँगै मतगणना र सम्बन्धित कानुनी प्रक्रिया […]
काठमाडौं । पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्वका विषयमा स्पष्टिकरण सोध्दै निलम्बन गरिएका एमाले ताप्लेजुङका दुई नेताको निलम्बन फुकुवा भएको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीले एमाले ताप्लेजुङ जिल्ला कमिटी पूर्व अध्यक्ष, कोशी प्रदेश सभाका पूर्व सदस्य तथा मन्त्री एवम् कोशी प्रदेश कमिटी सल्लाहकार परिषद सदस्य बलबहादुर साम्सोहाङ र कोशी प्रदेश कमिटी पर्यटन विभाग सचिव मणिशंकर […]
विराटनगर । नेपालको राजनीति लामो संघर्ष र साना–ठुला सुधारको यात्राबाट गुज्रिरहेको छ । मधेस, लिम्बुवान, थारु र अन्य पहिचानवादी आन्दोलनहरूले राष्ट्रिय राजनीतिमा आफ्नो स्थान बनाउन खोजेका छन् । यद्यपि, समयसँगै नेताहरूले उठाएका मुद्दाबाट अलग भएर दल परिवर्तन गर्ने प्रचलन बढ्दा आन्दोलन र पार्टीबिचको दूरी बढेको देखिन्छ । २०६३ साल माघ ५ गते लाहानमा विद्यार्थी नेता रमेश […]