कोशी प्रदेश : आन्दोलनमा घाइते भएका पदमबहादुरको मृत्यु

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनमा उत्रिएको बेला प्रहरीको लाठी प्रहारबाट घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । यही चैत ५ गते विराटनगरमा प्रहरीको लाठी लागेर घाइते भएका ४२ वर्षीय पदमबहादुर लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो ।धरान उपमहानगरपालिका–१५ घर भएका लिम्बु लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर हुन् । कोशी प्रदेशको नाम खारेज […]

नेपालको जनसंख्या २ करोड ९१ लाख, सबैभन्दा बढी वृद्धिदर भक्तपुर, कम रामेछापमा

काठमाडौं – राष्ट्रिय जनगणना २०७८ को नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये […]

को बन्दैछ आइजिपी ?

काठमाडौं – नेपाल सरकारको निर्णयानुसार प्र्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दज्र्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वाेच्च पद (प्रहरी महानिरीक्षक) बन्नुहुनेछ । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा पदोन्नति हुनुभएको […]

स्थानीय स्तरमा कानुन नबन्दा खानेपानी सुरक्षा कठीन

विराटनगर – स्थानीय सरकारहरुले खानेपानी तथा सरसफाइ सम्बन्धी आवश्यक कानुन निर्माण र कार्यान्वयन नगर्दा कोशी प्रदेशमा खानेपानीको सुरक्षा गर्न कठीन भएको सरोकारवालाहरुले बताएका छन् । कोशी प्रदेशको खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रालयले आयोजना गरेको अन्तरक्रियामा सरोकारवालाहरुले वातावरण परिवर्तनसँगै खानेपानीको सुरक्षा योजना नबन्दा आउन सक्ने संकटबारे चिन्ता व्यक्त गरे । विश्व पानी दिवस २०२३ को सन्दर्भमा […]

ईन्द्र आङ्वोलाई हत्या गर्ने भन्दै उनी सवार गाडी खेदाउने को हो ? (भिडियो सहित)

काठमाडौं – साविक प्रदेश १ को नाम कोशी प्रदेश राखिएको भन्दै कोशी प्रदेशका विभिन्न जिल्लामा केहिदिन देखि आन्दोलन र हड्ताल भइरहेका छन् । यसै क्रममा कोशी प्रदेश नेकपा माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्र आङ्वोमाथि ताप्लेजुङमा मंगलबार आक्रमणको प्रयास भयो । पार्टीको बैठकका लागि ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने क्रममा फुङलिङ नजिकै मेची राजमार्ग अन्तर्गत बहानन्दे […]

नेपालले आणविक कानून बनाउँदा परराष्ट्र सम्बन्ध र नीतिलाई ध्यान दिनुपर्छ : योगेश भट्टराई

काठमाडाैं – प्रतिनिधि सभाका सदस्य योगेश भट्टराईले नेपालले आणविक कानून बनाउँदा देशको परराष्ट्र सम्बन्ध र नीतिहरुलाई ध्यान दिएर बनाउनु पर्ने बताउनुभयो । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानूनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएको हो । उहाँले पञ्चशीलको सिद्धान्त, असंलग्न परराष्ट्र नीति लगायतका परराष्ट्र सम्बन्धका […]

कोशी प्रदेशका माओवादीका संसदीय दलका नेता आङ्वोमाथि किन भयो आक्रमण प्रयास ?

ताप्लेजुङ – कोशी प्रदेशका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्र आङ्वोमाथि आक्रमणको प्रयास भएको छ । मंगलबार पार्टीको बैठकका लागि ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने क्रममा फुङलिङ नजिकै मेची राजमार्ग अन्तर्गत बहानन्दे क्षेत्रमा आङ्वो सवार गाडीमा ढुंगा प्रहार भएको हो । आक्रमणको प्रयास भएपनि आङ्वो भने सकुशल रहेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो […]

विदेशी पर्यटकको लेक लागेर मृत्यु

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको सोमबार राति लेक लागेर मृत्यु भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेपमा स्लोभाकियाका ६८ वर्षीय पोहिङ स्का विस्ट्रिका जान्कोको अक्सिजन अभावका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी रामकिशोर साहले जानकारी दिनुभयो । खुम्बु क्षेत्रमा लगातार हिमपात भइरहेकाले उद्धारमा समस्या […]

भोलिदेखि वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै

काठमाडौं – बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्दैछ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार […]

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्षको मन्त्रालयलाई पत्र : हाम्रा कर्मचारी फिर्ता गर

ताप्लेजुङ – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन लिम्बूले आफ्ना कर्मचारीलाई तुरुन्त फिर्ता गर्न संघीय मामिला मन्त्रालयलाई पत्र लेखेका छन् । आफ्नो गाउँपालिकामा रहेका विभिन्न तहका कर्मचारीलाई मन्त्रालयले सुगमका पालिकाहरुमा काज खटाइदिएपछि आफूहरुलाई काम गर्न असहज भएको लिम्बूले लेखेको पत्रमा उल्लेख छ । शिक्षा प्रशासन, इन्जिनियरिङ लगायतका क्षेत्रका कर्मचारीलाई विभिन्न ठाउँमा काज खटाइदिंदा आफ्नो पालिकाको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा