विराटनगर । आइतबार भएको राष्ट्रियसभा निर्वाचनकाे मतदानमा एक जना सांसदको मत नै चोरी भएको पाइएको छ । राष्ट्रियसभा निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार प्रदेशसभाका ९२ जना सांसदमध्ये ५ जनाले मतदान गरेनन् । ८७ जनाले मतदान गरे । ८७ जनाको लिस्टमा राप्रपाका सांसद प्रेम राज थाम्सुहाङ पनि रहेका छन् । प्रमुख निर्वाचन अधिकृत भीष्मराज प्रसाईले थाम्सुहाङले […]
काठमाडौँ । राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२ः ४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने १७ पदका लागि आज बिहान ९ः०० बजेदेखि सुरु भई अपराह्न ३ः ०० बजे सम्पन्न हुने निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खसिसकेको हो । […]
काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ का लागि आज देशभरका सबै प्रदेशमा मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार आइतवार(आज)बिहानदेखि नै तोकिएका मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया अघि बढिरहेको छ।
ताप्लेजुङ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा ताप्लेजुङको राजनीति तातेको छ । यस पटक चुनावी बहसको केन्द्रमा छन्, – नेकपा (एमाले) का केन्द्रीय सदस्य, युवा नेता तथा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे । उनको उम्मेदवारीले यो निर्वाचनलाई केवल दलगत प्रतिस्पर्धा मात्र होइन, युवा नेतृत्वका लागि परम्परागत राजनीतिको बहसमा पनि रूपान्तरण गरिदिएको छ । एमालेले […]
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले प्रयोग गरिरहेको कालो रंगको ल्यान्ड रोभर डिफेन्डर गाडीबारे पछिल्ला दिनहरूमा व्यापक सार्वजनिक चासो र बहस देखिएको छ। सामाजिक सञ्जालमा तस्बिर र भिडियोहरू भाइरल भएपछि उक्त गाडीको स्वामित्व, प्रयोगको आधार र निर्वाचन आचारसंहितासँगको सम्बन्धबारे प्रश्न उठेका हुन्। यातायात व्यवस्था कार्यालयको […]
काठमाडौं । रास्वपाका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) आज ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनका लागि जाने भएका छन् । चुनाव प्रचार प्रसारका लागि कोशीका विभिन्न जिल्ला डुल्ने क्रममा रहेका उनले पाथीभराको दर्शन गर्ने र ताप्लेजुङका नेता कार्यकर्तालाई भेट्ने कार्यक्रम रहेको रास्वपा ताप्लेजुङका उपाध्यक्ष दावा शेर्पाले जानकारी दिए […]
काठमाडौं । पहिचानवादी नेता एवं उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी पारित्याग गरेका छन् । डकेन्द्रसहित केन्द्रीय सदस्य ज्ञानबहादुर गुरुङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजमले साधारण सदस्य नरहने गरी पार्टी त्यागेको घोषणा गरेका हुन् । उनीहरुले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै पहिचानसम्बन्धी एजेन्डामा स्पष्ट र लिखित वैचारिक धारणा प्रस्तुत गर्न नसकेकोले पार्टीमा बस्न […]
महोत्तरी । प्रतिनिधि सभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको संख्या अधिक रहेको छ । चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगामी फागुन २१ गते हुने निर्वाचनमा ८८ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । जिल्लाका चार निर्वाचन क्षेत्रबाट दलगत उम्मेदवारी दिने ५५ जना मात्र छन् । क्षेत्र नम्बर १ मा १२, २ र ३ मा […]
काठमाडौँ । प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा मंगलबार उजुरी दिने कार्यतालिका थियो । उक्त उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको […]
काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि यही माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी […]