युक्रेनबाट छुटेको जहाजमा मिसाइल आक्रमण, १० जनाको मृत्यु

काठमाडौं । युक्रेनबाट छुटेको मालवाहक जहाजमा मिसाइल आक्रमण हुँदा १० जनाको मृत्यु भएको छ । ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको मालवाहक जहाज ‘एमभी गोल्डेन लियो’मा भएको मिसाइल आक्रमणमा १० जना चालक दलका सदस्यको मृत्यु भएको बीबीसीले जनाएको छ । जहाजमा भारत र सिरियाका नागरिक रहेका छन् । युक्रेनको नौसेनाका अनुसार टर्कीको स्वामित्वमा रहेको उक्त जहाज खाद्यान्न […]

किभमाथि रुसको व्यापक क्षेप्यास्त्र तथा ड्रोन आक्रमण, १ जनाको मृत्यु

काठमाडौं । रुसले युक्रेनको राजधानी किभलाई लक्षित गर्दै युद्ध सुरु भएयताकै सबैभन्दा ठूलोमध्ये एक मानिएको क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ। आक्रमणमा हालसम्म एक जनाको मृत्यु भएको छ भने कम्तीमा १४ जना घाइते भएका छन्। शनिबार रातिदेखि आइतबारसम्म किभका विभिन्न क्षेत्रमा लगातार आक्रमण भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई राजधानी किभमाथि […]

खाडी क्षेत्रमा ड्रोन त्रास : कुवेत, बहराइन र साउदी अरबमा साइरन बज्यो

काठमाडौं । खाडी क्षेत्रका धेरै देशमा शनिबार बिहान सुरक्षा सतर्कता उच्च बनाइएको छ। कुवेत, बहराइन र साउदी अरबका केही क्षेत्रमा सम्भावित शत्रुतापूर्ण ड्रोनको खतरा देखिएपछि साइरन बजाइएको तथा नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। कुवेतको सेनाले सामाजिक सञ्जाल एक्स (X) मार्फत जारी गरेको वक्तव्यमा शत्रुतापूर्ण ड्रोनको सम्भावित खतराविरुद्ध हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको जनाएको […]

भारतमा हाइड्रोजन प्रविधिमा आधारित पहिलो रेल सञ्चालनमा

काठमाडौं । भारतले रेल यातायात क्षेत्रमा स्वच्छ ऊर्जा प्रविधिको प्रयोगलाई विस्तार गर्दै पहिलो हाइड्रोजनबाट सञ्चालन हुने रेल सेवाको सुरुवात गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनबाट उक्त रेलको उद्घाटन गरेका हुन् । नयाँ हाइड्रोजन रेल जिन्द-सोनिपत रेलमार्गमा सञ्चालन गरिनेछ । वातावरणमैत्री यातायात प्रणाली विकास गर्ने भारतको प्रयासअन्तर्गत यसलाई रेल क्षेत्रमा प्रविधिगत उपलब्धिका […]

भारतको नोएडास्थित एक आवासीय भवनमा आगलागी, दुई जनाको मृत्यु

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्ली नजिकै नोएडामा रहेको एक पाँच तले आवासीय भवनमा बुधबार आगलागी हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । नोएडाको सेक्टर ६६ मा अवस्थित उक्त भवनको भुइँतलामा रहेको पार्किङ क्षेत्रमा इलेक्ट्रिक स्कुटर चार्ज गर्ने क्रममा सल्किएको आगोले भीषण रूप लिएको प्रहरीको प्रारम्भिक अनुमान छ । पार्किङमा रहेका अन्य पेट्रोलजन्य […]

अष्ट्रेलियामा एआई नियमन सम्बन्धी कानुन बन्ने प्रधानमन्त्री अल्बनिजद्वारा घोषणा

सिड्नी । अष्ट्रेलियाले आर्टिफिसियल इन्टेलिजेन्स (ए आई) प्रयोग गर्न मार्ग दर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न आवश्यक कानुन बनाउने तयारीमा रहेको प्रधानमन्त्री एन्थोनी अल्बनिजले घोषण गरेका छन् । सरकारको नीति तथा कार्यक्रम निर्धारण सम्बन्धी भाषणमा, अल्बेनिजले एआईमाथि जनताको चिन्ता कम गरी यसलाई राष्ट्रिय हित तर्फ अघि बढाउने तरिका अपनाउन सकिने बताए । […]

इरानमाथि अमेरिकाको रोकिएन हवाई आक्रमण, सम्झौता नभएसम्म आक्रमण जारी रहने

काठमाडौं । अमेरिकी सेनाले इरानका विभिन्न सैन्य लक्ष्यहरूमा हवाई आक्रमण जारी राखेको छ । इरानमाथि अमेरिकाको यो लगातार चौथो दिनको आक्रमण हो । अमेरिकाले इरानी बन्दरगाहहरूको नौसैनिक नाकाबन्दी पनि सुरु गरेको छ । इरानमाथि दबाब बढाउन यो कदम चालिएको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण जारी राख्ने बताएका […]

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख तामिम बिन हमद अल थानीका पिता शेख खलिफा बिन हमद अल थानीको ८४ वर्षको उमेरमा निधन भएको छ। अमिरी दिवानले आइतबार एक विज्ञप्ति जारी गर्दै उनको निधन भएको पुष्टि गरेको छ। अमिरी दिवानले स्वर्गीय शेख खलिफालाई राष्ट्रका लागि महत्वपूर्ण योगदान पुर्‍याएका नेताका रूपमा स्मरण गर्दै […]

अमेरिका र इरानबीचको वार्ता जारी रहने, तर युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका इरानसँगको वार्तालाई निरन्तरता दिन सहमत भएको जानकारी दिएका छन् । उनले तेहरानसँगको युद्ध विराम भने अब समाप्त भएको स्पष्ट पारे। आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत ट्रम्पले सो कुराको जानकारी दिनुभएको हो । यसैबीच, तनाव कम गर्ने र अमेरिका–इरान वार्तालाई पुनर्जीवित गर्ने उद्देश्यले कतारी मध्यस्थकर्ताहरू इरान […]

इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण

तेहरान । इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने स्ट्रेट अफ हर्जुज बन्द गर्ने घोषणा गरेसँगै अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले साइप्रसको झण्डा बोकेको एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले यो साताको तेस्रो ठुलो सैन्य कारबाही गरेको हो। इरानी सञ्चारमाध्यमका […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं