इरानविरुद्ध युद्धको निर्णयप्रति ट्रम्पलाई पछुतो छैन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा पर्ने सम्भावित असरका बाबजुद इरानविरुद्ध युद्ध सुरु गर्ने आफ्नो निर्णयप्रति कुनै पछुतो नरहेको बताएका छन्। फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा उनलाई युद्धका कारण आगामी मध्यावधि निर्वाचनमा पर्न सक्ने प्रभावबारे प्रश्न गरिएको थियो। त्यसको जवाफमा ट्रम्पले भने, ‘म पछुतो भन्ने शब्दमा विश्वास गर्दिनँ। तपाईंले सधैं आफूलाई केही […]

युक्रेनमा रुसी ड्रोन आक्रमण, ५ जनाको मृत्यु

काठमाडौं । युक्रेनको पावलोह्राद सहरस्थित एक सपिङ मलमा रुसी ड्रोन आक्रमण हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन्। निप्रोपेत्रोव्स्क क्षेत्रको पावलोह्रादमा सर्वसाधारणको बाक्लो चहलपहल भइरहेका बेला आक्रमण भएको युक्रेनका गृहमन्त्री इभान विहिभ्स्कीले बताएका छन्। आक्रमणबाट सपिङ मलका पसल तथा आसपासका सवारीसाधनमा ठूलो क्षति पुगेको छ। युक्रेनी सञ्चारमाध्यमका अनुसार यसै […]

टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो

काठमाडौं । टर्कीको दक्षिणी पर्यटकीय प्रान्त अन्टाल्यामा भीषण डढेलो फैलिँदा धुवाँले निसास्सिएर एक जनाको मृत्यु भएको छ । तीव्र हावाका कारण आगो बस्तीतर्फ सोझिएपछि अधिकारीहरूले कम्तीमा २५० घर खाली गराएका छन् । स्थानीय अधिकारीहरूका अनुसार अक्सु जिल्लाका एक बासिन्दाको डढेलोको बाक्लो धुवाँका कारण हृदयाघात भएर ज्यान गएको हो । अक्सुका मेयर इसा यिल्दिरिमले ती व्यक्तिको […]

एससीओसँग सम्बन्ध थप विस्तार गर्ने एर्दोगानको प्रतिबद्धता

काठमाडौँ । टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले टर्कीले शांघाई सहयोग संगठन (एससीओ) सँगको सम्बन्धलाई निरन्तर विस्तार गर्दै लैजाने बताएका छन्। एर्दोगानले टर्की एससीओको संवाद साझेदार रहेको उल्लेख गर्दै पछिल्ला वर्षहरूमा संगठनसँग टर्कीको सम्बन्ध थप घनिष्ठ बन्दै गएको बताए। एससीओका सदस्य राष्ट्रहरूले विश्वको जनसंख्या र आर्थिक उत्पादनको ठूलो हिस्सा ओगटेको उल्लेख गर्दै उनले संगठनमा उल्लेखनीय सम्भावना […]

अर्जेन्टिनामा भेटिए अहिलेसम्मकै विशाल डायनासोरका जीवाश्मकृत अण्डा

ब्युनर्स आयर्स । अहिलेसम्म पृथ्वीमा बाँचेका सबैभन्दा विशाल डायनासोरमध्ये एक हो टाइटानोसर । यसले पृथ्वीको दक्षिणी ध्रुवतर्फका चिसा क्षेत्रमा समेत अण्डा पारेर प्रजनन गर्ने गरेको नयाँ वैज्ञानिक अध्ययनले देखाएको छ । वैज्ञानिकहरूले दक्षिणी अर्जेन्टिनाको चोरिल्लो फर्मेसन क्षेत्रमा टाइटानोसरका २५५ वटा जीवाश्मकृत अण्डाका बोक्राका टुक्रा फेला पारेका हुन् । यो खोजले यी विशाल डायनासोरहरू न्यानो र […]

इरान युद्धपछि तेल सस्तिने ट्रम्पको दाबी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा घट्ने र अमेरिकामा पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा कम हुने दाबी गरेका छन्। मध्यपूर्वमा जारी सैन्य कारबाहीका कारण ऊर्जा लागत बढेको उल्लेख गर्दै ट्रम्पले युद्ध समाप्त भएपछि ऊर्जा बजार स्थिर हुने बताएका छन्। उनले इरानलाई आणविक […]

पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण ४ जनाको मृत्यु

काठमाडौं । पूर्वी चीनको जियान्ग्सी प्रान्तस्थित सुइचुआन काउन्टीमा शनिवार गएको भीषण पहिरो र लेदोसहितको बाढीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । स्थानीय अधिकारीहरूले चार जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । अन्य नौ जना बेपत्ता रहेका छन्। त्यसैगरी, सोही काउन्टीको जोआन टाउनस्थित याङफेन गाउँमा शनिवार दुई जना बेपत्ता भएका थिए, जसमध्ये एक जनाको […]

युद्धका बीच पोर्न व्यवसायबाट कर उठाउँदै युक्रेन

काठमाडौं । रुससँगको युद्धका बीच युक्रेनले एडल्ट कन्टेन्ट (पोर्न) व्यवसायलाई कानुनी दायरामा ल्याएर कर उठाउने तयारी गरेको छ। प्रस्ताव लागू भए सरकारलाई वार्षिक करिब २ करोड ५० लाख डलर अतिरिक्त आम्दानी हुने अनुमान छ। यो रकमबाट करिब ३० हजार ड्रोन खरिद गर्न सकिने सांसदहरूको भनाइ छ। युक्रेनको संसद्ले वयस्कबीच सहमतिमा बनाइने पोर्न सामग्रीलाई अपराधको दायराबाट […]

फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु

फिलिपिन्स । फिलिपिन्समा गत अगस्ट महिनाको सुरुदेखि सक्रिय मनसुन र चार वटा उष्णकटिबन्धीय चक्रवातका कारण ४३ जनाको मृत्यु भएको छ । फिलिपिन्सको नागरिक प्रतिरक्षा कार्यालयले आइतबार दिएको जानकारीअनुसार यी प्राकृतिक विपत्तिका कारण कृषि तथा पूर्वाधार क्षेत्रमा ११ अर्ब ९२ करोड पेसो (करिब १९ करोड १ लाख अमेरिकी डलर) बराबरको क्षति पुगेको छ । कार्यालयकाअनुसार विपद्मा […]

चीनतर्फ बाढीमा मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता

बेइजिङ। चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ। उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूका अनुसार बाढीका कारण ४३ जनाको मृत्यु पुष्टि भएको छ भने ५१९ जना अझै सम्पर्कविहीन छन्। पहिरोसँगै आएको बाढीले नेपालतर्फ पनि ठूलो जनधनको क्षति पुर्‍याएको छ। नेपालमा पाँच हजारभन्दा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं