काठमाडौं । ताप्लेजुङका २१ मध्ये ३ वटा सहकारीले मात्रै कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवामा विवरण बुझाएको पाइएको छ । अधिकांश विवरण नबुझाउने सहकारीहरू डुब्ने अवस्थामा पुगेको कार्यालयका कर्मचारी बताउँछन् । केही सहकारी त, कार्यालय बन्द गरेर बेखर पनि बनेका छन् । विभागले सहकारी संस्थालाई आव सुरु भएको छ महिनाभित्र साधारण सभा गरिसक्न […]
काठमाडौं । खोटाङको हलेसी बजारमा भएको आगलागीबाट ७ करोड ३० लाख बराबरको क्षति भएको छ । ग्यास लिक हुँदा सुरु भएको आगोले भीषण रूप लिँदा ७ करोड ३० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जानकारी दिएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानस्थित हलेसीबजारमा आइतबार साँझ ७ बजेबाट आगलागी सुरु भएको थियो । पदमशेर […]
भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राक्ष बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । जिल्लामा रुद्राक्षबाट रु १५ देखि २० करोडको हाराहारीमा रकम भित्रने रुद्राक्ष व्यवसायी सङ्घका सचिव उत्तम कटुवालले जानकारी दिए । बजारमा मुखद्वार दानाको मूल्य राम्रो रहेको सचिव कटुवालले बताए । एक्काइस मुखे मुखद्वार एउटा […]
झापा । माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को रु. सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ अनुदानमा मेचीनगर-१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन भएको छ । फाउन्डेसनले एसियाली विकास बैंकमार्फत झापाका तीन स्थानीय तह मेचीनगर, बिर्तामोड र बुद्ध शान्तिको मानव मलमूत्रीय लेदो प्रशोधन गरी प्रांगारिक मल बनाउन […]
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको बोनस शेयर सूचीकृत भएको छ । आइतबार ग्लोबल आइएमई बैंकको ५.५० प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । यस बैंकको एक करोड ९८ लाख ७० हजार ८२३ कित्ता शेयर सूचीकृत भएको हो । त्यस्तै, छिमेकी लघुवित्त वित्तीय संस्थाको ८ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ […]
काठमाडौं । नेपालका प्रमुख दुई भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई पे र खल्तीबीच मर्जर हुने भएको छ । दुई कम्पनी मर्जर गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको आईएमई पे स्रोतले जनाएको छ । सम्झौता भई आज राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइएको छ । भुक्तानी सेवा प्रदायकबीच नेपालमा पहिलो पटक मर्जर हुन लागेको हो ।
काठमाडौं । ताप्लेजुङको पाथीभरा सडक अन्तर्गत सुकेटार–काफ्लेपाटी खण्डको ११ किलोमिटर सढक कालोपत्रेको काम यसै वर्ष सकिने भएको छ । लाखौँ तीर्थयात्री आवतजावत हुने सो सडकखण्डमा कालोपत्र गर्न ठेक्कामा लिएको कम्पनीले अहिले धमाधम काम गरिरहेको र यसै आर्थिक वर्ष भित्र काम सकिने ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमाले सचिव योगेश भट्टराईले बताए । ‘यो बाटोको विषयमा […]
काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पाथीभरा मन्दिरमासम्म पुग्न निर्माण गर्न लागिएको केबलकारले ताप्लेजुङका नागरिकको जीवनस्तरमा सुधार आउने बताएका छन् । उनले केबलकारले पहिचान नमास्ने बताउँदै यसले पहिचानको विश्वभर प्रवद्र्धन गर्ने बताए । पाथीभरा देवी दर्शन केबलकार प्रालिका अध्यक्षसमेत रहेका ढकालले काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गर्दै पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान […]
मोरङ । सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ । एसियन राजमार्ग नम्बर २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का […]
काठमाडौं । पाथीभरामा जाने तीर्थयात्रीको सहजताका लागि ताप्लेजुङमा निर्माण सुरु भएको केबलकारको विषयसँग जोडेर ग्लोबल आइएमई बैंकमाथि भएको नियोजित आक्रमणको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बैंकमाथि गरिएको प्रहार गलत भएको भन्दै कसैको उक्साहटमा त्यस्ता उच्छृङ्खल गतिविधिमा संलग्न नहुन सबैलाई राष्ट्र बैंकले आग्रह गरेको छ । बैंक तथा बित्तिय संस्था नियमन […]